वि.सं. २०८१ भाद्र २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कुवेतमा ज्यानको भिख माग्दै सुर्खेतकी कमला, उद्वारको पहल हुन सकेन

अर्थटुडे
२०८१ श्रावण ३१, बिहीबार

काठमाडौ । गुर्भाकोट नगरपालिका ९ भुल्के, सुर्खेतकी कमला बुढामगर ज्यान जोगाइदिन कुवेतबाट आग्रह गरिरहेकी छिन् । कुवेतको मङफ भन्ने स्थानमा घरायसी काममा गएकी कमला अहिले ज्यूदै घरमा आउन पाउने हो की नपाउने हो ? भन्ने तनावमा दिन गुजारिरहेकी छिन् ।

पिडित कमला बुढामगर

घरायसी काममा गएकी कमलालाई घर मालिकले दैनिक शारिरिक यातना दिने गरेको र आफ्नो उद्धारको लागि गुहार माग्दै कुवेतमा नै रहेकी आफ्नी बुहारी करुणा मगरलाई फोन गरिरहेकी करुणाले बताइन् ।

करुणाका अनुसार कमला पछिल्लो चारदिन सम्पर्कमा छैनन् उनलाई घर मालिकले फोन सम्पर्क गर्न दिएको छैन । लुकी लुकी बाथरुमबाट फोन गरेर आफ्नो उद्धारको लागि कमलाले आफूलाई आग्रह गरिरहेको पनि कल्पनाले हामीलाई बताएकी छिन् ।
कल्पनाका अनुसार कमला मात्र हैन सो स्थानमा नेपालबाट १० जना महिला घरायसी कामको लागि गएका थिए । दुई जना भागेर कुवेतस्थिति नेपाली दुतावासको शरणमा पुगेपनि बाँकी ८ जना भने भाग्न सकेका छैनन् ।

उनीहरुलाई बाहिरी व्यक्तिसँग सम्पर्क गर्न दिइएको छैन, घरमा नै थुनेर राख्ने र कुटपिट गर्ने गरिएको कमलाले हामीसँग सम्पर्क हुदा बताएकी थिइन् । त्यसपछि उनी हाम्राे संपर्कमा छैनन् । हामीसँग अहिले कल्पना मात्र छिन्र ।  कमलाका अनुसार उनी पुस ७ गते सुर्खेतबाट कुवेतको लागि हिडेकी हुन् । उनलाई नेपालबाट कुवेत ल्याउने दलालले ५ दिन राखेको थियो । त्यसपछि भारतको नयाँ दिल्लीमा २० दिन र श्रीलंकामा २ दिन राखेपछि बल्ल कुवेतमा कामको लागि पुरयाएको थियाे । कुराकानी हुदा कमलाले बताएकी थिइन्र ।

.नेपालबाट उनीहरुलाई सुर्खेतकै लाल बहादुर वलीले राम्रो काम पाइने र धेरै रकम कमाइने भन्दै भारतको नयाँदिल्ली हुदै कुवेत पुर्याएका थिए । तर हाल वली पनि सम्पर्कमा छैनन् । 

नेपालबाट कुवेत पठाउने लाल बहादुर वली

उद्धारमा सरकारी वेवास्ता

कमलाको उद्धारको लागि सरकारका कुनैपनि निकाय तत्पर देखिएका छैनन् । बैदेशिक रोजगार विभागका महानिर्देशक डुण्डुराज घिमिरेसँग सम्पर्कगर्दा उनीसँग सम्पर्क हुन सकेन । उनको अफिसको ल्याण्डलाइनमा फोन गर्दा समेत सो फोनमा महानिर्देशक घिमिरेसँग सम्पर्क हुन पनि नसक्ने र उनीलाई नम्वर ट्रान्सफर गर्न पनि नमिल्ने जानकारी दिइयो । त्यस्तै विभागका सुचना अधिकारी गुरुदत्त घिमिरेको फोन पनि स्वीचअफ छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका गोविन्द रिजाल, सहायक प्रबक्ता महेश पराजुलीको समेत फोन सम्पर्क हुन सकेन । त्यस्तै सुचना अधिकारी तथा उपसचिव कविराज उप्रेतिले भने सम्पुर्ण काम कारबाही विभागले गर्ने भएकोले विभागको महानिर्देशकलाई नै सम्पुर्ण विवरण दिन सुझाए ।

त्यस्तैगरी परराष्ट्र मन्त्रीका स्वकिय सचिव कमल रावललाई सम्पर्क गर्दा उनले बारम्बार फोन काटेका थिए । आफ्ना नागरिकको उद्धारका लागि सरकारी वेवास्ताले जनता सरकारप्रति निरास हुदै गएको स्पष्ट देखिन्छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ