सम्पति शुद्धिकरणको गोएमएल प्रणालीमा साढे ६ सय बढी सहकारी आवद्ध

216

काठमाडौं । सहकारी विभागको कडाइसँगै सम्पति शुद्धिकरणको गोएमएल प्रणालीमा आवद्ध हुने सहकारीहरुको संख्या बृद्धि भएको छ । वित्तीय जानकारी इकाइका अनुसार गत आर्थिक वर्षसम्ममा यस प्रणालीमा ६६२ वटा सहकारीहरु आवद्ध भएका छन् ।

सहकारी विभागले गत साउनमा दोस्रो पटक निर्देशन जारी गर्दै गोएमएल सिस्टम आवद्ध भई रिपोर्टिङ गर्न सहकारी संघ तथा संस्थाहरुलाई निर्देशन जारी गरेको थियो । विभागले पहिलो पटक २०७७ पुसमा निर्देशन जारी गरी १० करोडभन्दा बढी कारोबार भएका सहकारी संस्थाहरुलाई वित्तीय जानकारी इकाइको गोएमएल सफ्टवेयरमा आवद्ध भई सिमा र शंकास्पद कारोबारको रिपोटिङ गर्न निर्देशन दिएको थियो ।

अघिल्लो वर्षसम्ममा ४ सय सहकारी मात्र गोएमएलमा आवद्ध रहेकामा गत वर्ष २५० भन्दा बढी संस्था थपिएका छन् । तर, विभागले अनिवार्य गरेको १० करोडभन्दा बढिको कारोबार गर्ने सहकारीहरु तीन हजारको हाराहारीमा भएको अनुमान छ ।

बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी, सेयर ब्रोकर, रेमिट्यान्सलगायतका कम्पनीहरुलाई गोएएमएलमा आवद्धता अनिवार्य भएपनि सहकारीको हकमा भने १० करोड भन्दा बढि कारोबार गर्ने संस्थाहरुलाई मात्र अनिवार्य गरिएको छ ।

सम्पति शुद्धिकरण निर्देशन अनुसार सहकारी संस्थाले एक व्यक्तिले एकै पटकमा वा पटक/पटक गरेर एक दिनमा १० लाख रुपैयाँभन्दा बढिको कारोबार गरेमा सिमा कारोबार अन्र्तगत सूचना केन्द्रमा पठाउनुपर्छ ।

यस्तै जतिसुकै रकम कारोबार गरेपनि शंकास्पद लागेमा त्बयसको सूचना केन्द्रलाई दिनुपर्ने व्यवस्था छ । तर, सहकारीले निर्देशनहरु पालना नगरेको भन्दै विभागले आधा दर्जन भन्दा बढि संस्थाहरु कारवाही गरेको थियो ।