उपचारपछि सहकारी बैकका अध्यक्ष उप्रेति फर्किए नेपाल

756

कठमाडाै । सहकारी बैंकका अध्यक्ष केवी उप्रेति उपचार गराएर नेपाल फर्किएका छन् । भारतको नयाँदिल्लीस्थिति म्याक्स हेल्थकेयर  इन्टरनेशनल अस्पतालमा दुई महिना २० दिनको उपचारपछि उप्रेति मंगलबार राती काठमाडौ आएका हुन् ।

आइडल यमुना हाम्रो सहकारी संस्थाका समेत अध्यक्ष रहेका उप्रेति सहकारीमा समस्या आउन थालेपछि वेपत्ता भएको समाचारहरु आएका थिए । तर सहकारी बैंकले उनी सम्पर्क विहिन भएको केही दिनपछि विज्ञप्ति निकाल्दै उप्रेति अल्सर पिडित रहेको र उपचारको लागि भारत गएको जानकारी दिएको थियो । तरपनि निरन्तर उनी सम्पर्क विहिन भएको र आइडल यमुना सहकारीको ८ अर्ब रुपैयाँ जोखिममा पारेको आरोपहरू लगाउदै समाचारहरू अाइरहेका थिए।

तर बुधबार अर्थटुडेसँग कुराकानी गर्दै उनले बचतकर्ताहरुको बचत फिर्ता गर्ने स्पष्ट पार्दै आफू अल्सरको विरामी भएको र उपचारका लागि भारत गएको दावी गरे । उनले आफ्नो स्वस्थ अवस्था विस्तारै सुधारोन्मुख भएको पनि जानकारी दिए ।
अध्यक्ष उप्रेति नेपाल आएसँगै राष्टिय सहकारी बैंकले विहिबार संचालक समितिको बैठक राखेको छ । उप्रेति सो बैठकमा उपस्थित हुनेछन् ।