सवैभन्दा बढी कमाउने चलचित्र कोहिनुर

422

काठमाडौं । श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र कोहिनुरले ५ करोड ५ लाख ८ हजार ८ सय ६० रुपैयाँ छोटो समयमा धेरै कमाउने नेपाली चलचित्रको किर्तिमान कायम गरेको छ ।
‘कोहिनूर’ले रिलिज भएको १२ औ दिनमा त्यत्तिका रकम कमाएको हो । गत साउन २५ गते अभिनेता श्रीकृष्ण श्रेष्ठको असामयिक निधन भएपछि उनलाई सम्मान दिन भन्दै दर्शकहरू सिनेमा हेर्न उर्लिएका पछि कोहिनुरले ऐतिहासिक रेकर्ड कायम गरेको हो ।
गत शनिबार ९ औँ दिन ‘कोहिनुर’ले एक्कै दिनमा करिब एक करोड कमाएर नेपाली सिनेमाको एक दिने व्यापारमा किर्तीमान कायम गरेको थियो।