काठमाडौं । राष्ट्रिय सहकारी संघका केन्द्रिय सदस्य दक्ष पौडेल सहकारी विकास बोर्डको सहअध्यक्षमा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आगामी ४ वर्षको लागि पौडेललाई सहअध्यक्षमा नियुक्त गरेको हो ।
बोर्डको अध्यक्षमा भने सहकारी मन्त्री रहने व्यवस्था छ । पौडेल यसअघि बोर्डको सञ्चालक थिए । प्रभु समूहका सञ्चालक समेत रहेका पौडेल सहकारी अभियानमा लागेको केही समय मात्र भएको छ । बोर्डले सहकारीका नीति नियम बनाउने काम गर्दछ । हाल देशभर ३४ हजारभन्दा बढी सहकारी छन् ।
प्रतिक्रिया