काठमाडौं । रिलायबल बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक बर्षमा १५ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक बर्षमा संस्थाले २४ लाख ६४ हजार रुपैयाँ नोक्सानमा गएको सो संस्थाले गत आर्थिक बर्षमा चामत्कारिक प्रगति गरी १५ लाख भन्दा बढी संस्था नाफामा गएको छ ।
संस्थाको १९ औं वार्षिक साधारणसभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा सचिव विजयसुन्दर खड्काले आर्थिक बर्ष २०७५/७६ मा २२ लाख २६ हजार ३ सय ९३ रुपैयाँ सञ्चालन मुनाफा गर्ने लक्ष्य लिएको बताए ।
संस्थाले आव २०७३/७४ मा नौ करोड २९ लाख ४० हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने सात करोड ६८ लाख ५९ हजार रुपैयाँ कर्जा तथा लगानी गरेको छ । अघिल्लो आर्थिक बर्षाम नौ करोड ९२ लाख ४० हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो भने पाँच करोड १४ लाख १२ हजार रुपैयाँ कर्जा तथा लगानी गरेको छ ।
एक करोड ९४ लाख २१ हजार शेयरपुँजी रहेको सो संस्थाले चालु आर्थिक बर्षमा दुई करोड २५ लाख पाँच हजार रुपैयाँ शेयरपुँजी पुर्याउने लक्ष्य राखेको छ ।
अन्तराष्ट्रिय सहकारी महासंघकी ग्लोबल सदस्यसमेत रहेकी रिलायबल बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष ओमदेवी मल्लले सहकारीले धेरैलाई रोजगारी दिएको जानकारी दिइन् । उनले विश्वको जनसंख्यामध्ये ६ जनामा एक जना सहकारीको सदस्य रहेको र कुल जनसंख्याको १० प्रतिशतलाई सहकारीले रोजगारी दिएको मल्लले दावी गरिन् ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले संमृद्व नेपाल निर्माण गर्नका लागि धेरै काम गर्न जरुरी रहेको बताए । प्रत्येक संस्थाले आयात प्रतिस्थापनका लागि अनुसन्धान गर्ने अलग्गै कार्यदल बनाएर काम गर्न आवश्यक भएको उनले बताए ।
प्रतिक्रिया