काठमाडौं । सहकारी क्षेत्रको एक मात्र राष्ट्रिय सहकारी बैंक १८ वर्षमा प्रवेश गरेको छ ।
२०६० साल असार २५ गते सहकारी विभागमा दर्ता भई २०६१ साउन १९ गतेबाट बैंकले कारोबार शुभारम्भ गरेको थियो । बैंकले नेपाल राष्ट्र बैंकबाट २०६७ साउन १० गतेबाट सिमिति बैंकिङ कारोबारको लागि स्वीकृत प्राप्त गरेको थियो ।
राष्ट्रिय सहकारी बैंकले ७७ वटै जिल्लाका सहकारीलाई समेटेको छ । हाल बैंकले ४४ वटा शाखा कार्यालय र केन्द्रीय कार्यालयबाट ७७ वटै जिल्लाका सहकारी संघ संस्थालाई सेवा प्रदान गर्दै आएको छ ।
बैंकमा करिब १२ हजार सदस्य रहेका छन् । आर्थिक वर्ष २०७६/७७ असार मसान्तमा बैंकको सेयर पुँजी २ अर्ब २२ करोड र ५० अर्ब सम्पत्ती पुर्याउन सफल भएको छ ।
प्रतिक्रिया