काठमाडौं । अन्तर्राष्ट्रिय सहकारी महासंघको ११ सेप्टेम्बरमा बसेको ग्लोबल बोर्डले सन् २०२१ को १ देखि ३ मार्चमा हुने भनिएको वल्र्ड कोअपरेटिभ कंग्रेस २०२१ को डिसेम्बरसम्मका लागि स्थगित भएको छ ।
कोभिड १९को महामारीको संक्रमणका कारण आइसीएले दोस्रो पटक कंग्रेस स्थगित गरेको हो । राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइसएका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले २९ नोभेम्बरदेखि ३ डिसेम्बरसम्म गर्ने गरी कंग्रेस स्थगित भएको जानकारी दिइन् ।
कंग्रेसका साथै अन्य दुुई प्रारम्भिक इभेन्टहरु समेत स्थगित गरिएको बताउनुभयो । शुरुमा सन् २०२० को ११ देखि १७ डिसेम्बरसम्म कंग्रेस गर्ने मिति तय भएको थियो । कंग्रेस कोरियामा नै हुने छ ।
त्यसैगरी आइडेन्टिटी कमिटीले सहकारी सिद्धान्तका विषयमा गरेको आइसीए गाइड लाइनको मस्यौदालाई बोर्डले आवश्यक परिमार्जन गरी अर्काे साधारण सभामा पेश गर्ने निर्णय गरेको मल्लले जानकारी दिएकी छिन् ।
त्यसैगरी बोर्डले जि २० सहभागी गु्रपमा सहकारी अभियानले गरेको योगदानको विषयमा जानकारी गराउने निर्णय भएको छ । ‘जि २० समिटले गर्नुपर्ने कतिपय विषयमा सहकारी अभियानले योगदान गरेको विषयमा जानकारी गराउने निर्णय भयो ।’उनले भनिन् ।
सन् २०२० का अधिकांश बोर्ड बैठक अनलाइन हुने भएको छ । १२ अक्टोबर, १० नोभेम्बर र ९ नोभेम्बरमा अनलाइन बोर्ड बैठक हुने निर्णय भएको मल्लले जानकारी गराइन् । मंगलबार भएको बोर्ड बैठकले आइसीएको अनलाइन बैठक लगायतका गतिविधि संचालनका लागि प्रत्येक बोर्ड सदस्यले ५ सय युरो योगदान गर्ने निर्णय पनि भएको छ ।
प्रतिक्रिया