काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले सहकारी ऐन २०७४ संशोधन, स्थिरीकरण कोष कार्यान्वयन रणनीतिका साथै अन्य चार विषयमा कार्यविधि मस्यौदा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।
नेफ्स्कूनले सहकारी ऐन २०७४ मा आवश्यक संशोधन, सहकारी संस्थाको कर्जा असुली न्यायाधिकरण कार्यविधि २०७७, बिशिष्टीकृत सहकारी संघको गठन तथा सञ्चालन कार्यविधि २०७७, अन्तर सहकारी भुक्तानी (बचत तथा ऋण) सम्बन्धी कार्यविधि २०७७ र सहकारी बचत तथा कर्जा सुरक्षण कोष सम्बन्धी कार्यविधि २०७७ र स्थिरीकरण कोष कार्यान्वयन रणनीति मस्यौदा २०७७ मन्त्रालयका सचिव टेक नारायण पाण्डेलाई हस्तान्तरण गरेको हो ।
आइएलओसँग आर्थिक सहयोग लिएर नेफ्स्कूनले मस्यौदा तयार गरेको हो ।
प्रतिक्रिया