काठमाडौं । कोरोना महामारी र निषेधाज्ञामा पनि राष्ट्रिय सहकारी बैंकले कोरोना महामारीको समयमा पनि सदस्य संघ संस्थाहरुका लागि तालिम तथा शिक्षालाई निरन्तरता दिउको छ । निषेधाज्ञामा भर्चुअल माध्यमबाट शुरु गरेको तालिम तथा शिक्षा कार्यक्रमा सहकारी संघ संस्थाहरुको प्रतिनिधिहरुले उल्लेख्य मात्रामा सहभागिता जनाएको बैंकले जनाएको छ ।
अहिले अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कन, बैठक, भेला, गोष्ठी, तालिम, सेमिनार जस्ता मानिसहरुको भिडभाड हुने खालका गतिविधि तथा कार्यक्रमहरु अत्यावश्यक बाहेकका साधन बाहेकका अन्य सवारी साधनहरुलाई आवत जावत गर्न समेत रोक लगाईएको अवस्था छ । यसको प्रभाव होटल व्यवसाय, शैक्षिक संस्था तथा सामाजिक संस्थाहरु पूर्ण रुपमा बन्द रहेका छन भने बैंक तथा वित्तीय संस्था र सहकारीहरुले आंशिक रुपमा सेवा प्रवाह गरि रहेका छन । अरु बेला भौतिक रुपमानै उपस्थित भएर तालिम संञ्चालन गर्ने गरेको बंैकले बन्दाबन्दीको समयमा भने भर्चुअल माध्यमबाटनै आधारभुत तहका तालिम तथा शिक्षालाई निरन्तर संञ्चालन गरिरहेको छ ।
गुणस्तरिय शिक्षालाई प्राथामिकतामा राखी सदस्य सहकारी संघ संस्थाको सेवाको गुणस्तर वृद्धी गर्ने र सहकारी संस्थाको संस्थागत बिकासमा टेवा पु¥याउने उद्देश्यका साथ सदस्य सहकारी संघ संस्थाहरुका लागि केन्द्रित गरि बन्दाबन्दीको समयमा आयोजना गरिएको तालिम तथा शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएकोे बैंकका अध्यक्ष के.बी उप्रेतीले जानकारी दिए । उनले बन्दाबन्दीको समयमा बैंकले दैनिक जसो बैंकको ६८ वटै शाखा कार्यालयबाट तालिम तथा शिक्षा निरन्तर संञ्चालन भईरहकोे बताउँदै यसको भरपुर उपयोग गर्न पनि सदस्य संस्थाका प्रतिनिधिहरुलाई आग्रह गरे ।
संचालक एवं शिक्षा तालिम तथा सम्मान उप–समितिका संयोजक सरिता तिमल्सिना (भट्टराई)ले पनि बैंकद्वारा संञ्चालित तालिम तथा शिक्षा कार्यक्रम सबै सहकारी संघ संस्थामा समान रुपले पु¥याउन नसकिएको हालको अबस्थालाई मध्यनजर गर्दै सम्पुर्ण सदस्य संस्थाको संस्थागत क्षमता विकास गर्नको लागि विभिन्न कार्यक्रम संञ्चालन गरि सदस्य सहकारी संघ संस्थाको सहभागितामा वृद्धी गर्दै लगिने नीति बैंकले लिएको बताइन् ।
हालको यस प्रतिकुल अवस्थामा बैंकले आफ्ना सदस्य संघ संस्थाका प्रतिनिधिहरुका लागि वित्तीय सेवा संगै निरन्तर तालिम तथा शिक्षाका कार्यक्रम संञ्चालन गरिरहेको छ । तालिममा सहकारी संघ संस्थाका पदाधिकारी, संचालक, लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्य, विभिन्न उप–समितिका संयोजक तथा सदस्य, व्यवस्थापक तथा कर्मचारी लगायत दैनिक जसो एक सय भन्दा बढीको सहभागिता रहने गरेको छ । तालिममा सहभागी सहकारीकर्मीहरुले तालिम अत्यन्तै प्रभावकारी र उपयोगि रहेको बताउदै सहकारी बैंकले आगामी दिनहरुमा पनि यस्तै प्रकारका तालिम तथा शिक्षा सञ्चालन गर्न सुझाव समेत दिएका थिए ।
सहकारी संघ संस्थाहरुको प्रवद्र्धन, विकास एव ंवित्तीय आवश्यकता पूरा गरी संघ संस्थाहरुलाई बैकिङ्ग सेवामा पहँच पु¥याउनका साथै वित्तीय तथा अन्य सेवा उपलब्ध गराउन सहकारी क्षेत्रमा सहयोग पु¥याउन ७७ वटै जिल्लामा सदस्य विस्तार गरेको बैंकमा १३ हजार ३ सय भन्दा बढी सहकारी संघ संस्था रहेका छन् ।
प्रतिक्रिया