काठमाडौ– नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन)ले खराव ऋणीलाई सन्चालकमा निरन्तता दिइरहेको छ । नेफ्स्कुनकी सन्चालक रिना आचार्य खराव ऋणी हुन् । उनले राष्ट्रिय सहकारी बैंक र काठमाडौं बचत तथा ऋण सहकारी संघ लिमिटेड (कास्कुन)मा करिव एक करोड ५० लाख रुपैयाँको हाराहाारीमा ऋण तिर्नुपर्ने देखिएको छ ।
तर उनले भने अझैपनि शक्ति केन्द्र धाएर नै आफूले तिर्नुपर्ने रकम नतिरी कालोसुचिमा पर्नबाट जोगिदै आइरहेकी छिन् । उनले कास्कुनमा ५ लाख ९१ हजार ३११ रुपैयाँ ऋण तिर्नुपर्ने देखिएको छ भने राष्ट्रिय सहकारी बैंकमा साँवा र व्याज गरी एक करोड ४५ लाख रुपैयाँ तिर्नुपर्ने देखिएको छ ।
उनले २०७० सालमा काठमाडौको सरस्वतीनगरस्थित सिरेटो बचत तथा ऋण सहकारी संस्थाको नाममा ऋण लिएकी थिइन् । तर संस्था राम्रोसँग सन्चालन गर्न नसकेपछि उनले लिएको ऋण तिर्न सकिनन् ।उनले आफूले बैंक र कास्कुनबाट लिएको ऋण मनपरी रुपमा कर्जा दिएको र घर जग्गामा लगानी गरेका कारण कर्जा उठ्न नसकेपछि सो संस्था डुवेको तत्कालिन सिरोटो सहकारीका एक सन्चालकले बताए । हाल सिरेटो सहकारीको नाम निसाना नै छैन ।
‘खराव ऋणी भएपनि उनी खुलेआम सहकारीको राजनीतिमा सक्रिय छिन् भने नेफ्स्कुनकी सन्चालक रहीरहेकी छिन् । उनलाई हटाउने आट नेफ्स्कुनका सन्चालकको छैन। उनको सहकारीका नेतादेखि विभिन्न राजनीतिक दलसँग राम्रो सम्बन्ध छ । साथै उनी माओवादी केन्द्रकी कोटाबाट नेफ्स्कुनमा सन्चालक भएकी हुन् ।’ एक सन्चालकले भने ।
कास्कुनको २०७६ फागुन ४ गते बसेको सन्चालक समितिको १२४ औ बैठकले उनको संस्थाबाट ऋण उठाउने निर्णय गरेको थियो । सो बैठकले विभिन्न सस्थालाई ऋण तिर्नका लागि बारम्बार ताकेता गर्दा पनि कर्जा चुक्ता गर्न नआएकोले दैनिक पत्रिकामा ३५ दिने ऋण चुक्तागर्नेबारेको सुचना जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।
कास्कुन अध्यक्ष एवं नेफ्स्कुनका कोषाध्यक्ष दिपक पनेरुले कास्कुनको व्यवस्थापकलाई ३५ दिने सुचना जारी गरी ऋण असुल उपर गर्न नदिएर रोकेर राखेको कास्कुनका एक सन्चालकले बताए ।
त्यस्तै राष्ट्रिय सहकारी बैंकले पनि आचार्यलाई ऋण तिर्न आउनेबारे ३५ दिने सुचना जारी गर्ने तयारी गरिरहेको छ । आचार्यलाई बैंकले २०७२ सालमा ऋण तिर्न आउने बारेको ३५ दिने सुचना नागरिक दैनिकमा प्रकाशित गरेको थियो । तर उनले सो सार्वजनिक सुचना जारी भएपछि केही सावा रकम तिरेपनि अझै करिव १ करोड ४५ लाख रुपैयाँ (सावाँ र व्याज गरी) तिर्न आएकी छैनन् ।
उनले लगेको खराव कर्जा उठाउने बारे सल्लाह हुदा बैंकका सन्चालकहरु पनि सहमत नहुने गरेको बैंकका एक सन्चालकले बताए । यसविषयमा बैंकका प्रमूख कार्यकारी अधिकृत बद्रीकुमार गुँरागाईसँग बुझ्न खोज्दा ऋणीबारे बैंकले भन्न नमिल्लने बताए । उनले भने, –बैंकको आन्तरिक मामिला भएको र गोपनियतालाई ध्यानमा राख्दै यस विषयमा म बोल्न मिल्दैन ।’
त्यस्तै नेफ्स्कुनका अध्यक्ष परितोष पौडेलले आचार्यको ऋणको बारेमा आफूलाई जानकारी नभएको उत्तर दिए । भने कास्कुनका अध्यक्ष एवं नेफ्स्कुनका कोषाध्यक्ष पनेरुले आचार्यले समयमा नै ऋणको किस्ता बुझाउने गरेको दावी गरे ।
उनले भने, ‘उहाँको कुनैपनि किस्ता बाँकी छैन, उहाँले लैजानुभएको रकम तिर्दै हुनुहुन्छ र सम्पर्कमा पनि आइरहनु भएको छ ।’
यसबारे आचार्यलाई सम्पर्क गरी बुझ्न खोज्दा आफू पुँजापाठमा लागेकोले बोल्न नमिल्ने बताइन् ।
नेफ्स्कुनले नै संरक्षण गर्दै खराव ऋणी, डेढ करोड नतिरेकी आचार्यकै हालीमुहाली
२०७८ आश्विन ३, आईतवार
प्रतिक्रिया