काठमाडौ । देशकै सवैभन्दा ठूलो पार्टीको रुपमा रहेको नेकपा एमाले यतिखेर नेतृत्व चयनको पुर्व सन्ध्यामा छ । विभिन्न जिल्लाहरुबाट पाएका पार्टी प्रतिनिधिहरु यतिवेला चितवनमा भेला भएका छन् । आगामी नेतृत्व कस्तो र कसरी बनाउने भन्नेमा नै उनीहरुको ध्यान केन्द्रित भएको छ ।
यस्तै आगामी कार्यकालको खुल्ला केन्द्रिय सदस्यका लागि सहकारी क्षेत्रका नक्षत्रकै रुपमा चिनिने कर्मठ तथा सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले पनि आफ्नो उमेदवारी घोषणा गरेका छन् ।
साढे दुई दशक भन्दा लामो अवधि सहकारी क्षेत्रमा विताएका कडेलको सहकारी नशा नशामा छ । उनी सहकारी क्षेत्रको प्रबद्र्धका लागि दिनरात नभनी लागिपरको छन् । आफू केन्द्रिय सदस्य हुन सकेमा सहकारी क्षेत्रको समस्या र समाधानका लागि केन्द्रिय स्तरमा नै कुरा उठाउन सकिने र सहकारी मैत्री नीति निर्माणका लागि ठूलो योगदान दिन सकिने कडेलको विश्वास रहेको छ ।
उनी एमालेको नवौ महाधिवेशनबाट लेखा आयोगको सदस्यमा चुनिएका हुन् । उनी लेखा आयोगमा रहदा नेपालको विकास क्षेत्रमा प्रत्यक्ष सरोकार राख्ने राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष प्राध्यापक डा.पुष्प कडेलको निकटमा रहेर काम गरे । जसका कारण उनले देशको विकास आयोजना, समग्र अर्थतन्त्र, विकासको मोडेल लगायतका क्षेत्रमा गहिरो अध्ययन गर्ने मौका पाए ।
२०३६साल भदौदेखि पार्टीमा संगठित भएका कडेल क्रान्तिकारी शिक्ष संघ, गाउँकमिटि, इलाका कमिटी हुदै २०४३ असारमा पार्टीसदस्य हुदै जिल्ला कमिटीमा आवद्ध भएका कडेल ३५ बर्षभन्दा बढी भईसक्यो पार्ट सदस्य भएको । उनले पार्टीको जिल्ला उपसचिवसम्म रहेर काम गरे भने सहकारी क्षेत्रमा झन्डै साढे दुई दशक विताएका छन् । सहकारी क्षेत्रको प्रबद्धन र विकासमा उनको ठूलो भुमिका रहेको छ ।
उनी पार्टीको सातौ र आठौ महाधिवेशनमा सहकारी विभागको सदस्य भएर काम गरे । उनले धादिङको प्ररम्भिक सहकारी संस्थमा अध्यक्ष भएर साढे १२ बर्ष काम गरे भने जिल्ला सहकारी संघको धादिडको अध्यक्षका रुपमा १५ बर्ष काम गरे । उनले केन्द्रिय बचत तथा ऋण सहकारी संघमा उपाध्यक्ष हुदै अध्यक्ष भएर दुइ कार्यकाल सन्चालन गरे भने राष्ट्रिय सहकारी महासंघमा ७ बर्षसम्म त निरन्तर सन्चालक भए । उनले ५ बर्ष बरिष्ठ उपाध्यक्ष र २०७६ बाट अध्यक्षको भुमिका निर्वाह गर्दै आइरहेका छन् । उनले नेपालमा मात्र हैन सहकारी क्षेत्रमा अन्तराष्ट्रिय स्तरमा पनि योगदान पुर्याएका छन् ।
उनले सन् २०१० देखि १४ सम्म एसियाली ऋण महासंघको उपाध्यक्ष भएर अन्तराष्ट्रिय सहकारी क्षेत्रमा पनि योगदान पुर्याएका छने् ।
देशको अर्थतन्त्रको तीनखम्बा मध्ये एक खम्बाको रुपमा रहेको सहकारी क्षेत्रको नेतृत्व अहिले कडेँलले नै गरिरहेका छन् । उनी भन्छन्,‘अहिले सहकारी क्षेत्रको नेतृत्व गरिरहेको छु, यदी म पार्टीको केन्द्रिय सदस्य भएँ भने सहकारी क्षेत्रमा देखिएको समस्या समाधनका लागि नीतिगत रुपमा नै पहल गर्नेछु ।Õउनका अनुसार हाल संविधानमा समाजवाद उन्मुख अर्थतन्त्र भनिएको छ, समाजवाद उन्मुख अर्थतन्त्रको आधार सहकारी हो भनेर प्रमाणित गर्नका लागि पनि एमालेको केन्द्रिय सदस्य हुनु जरुरी छ ।
‘मैले केन्द्रिय सदस्यको रुपमा सहकारीको सबल पक्ष नेतृत्वलाई बुझाउन सकेँ भने नेतृत्वले सहकारीका हरेक समस्यालाई राष्ट्रिय एजेन्डा बनाएर अगाडी लैजान सक्छ अहिले सहकारीका समस्या राष्ट्रिय एजेन्डा बन्न सकेको छैन ।’ उनले भने ।
देशको सवैभन्दा ठूलो नेटवर्क रहेको सहकारी क्षेत्र अझैपनि ओझेलमा परेको उनको गुनासो रहेको छ । देशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनका लागि सहकारी क्षेत्र नै उत्तम माध्यम हो । तर यो क्षेत्र नै अगाडी बढ्न सकेको छैन । सहकारी क्षेत्रको अपनत्व नेकपा एमालेले २०४८ साल अगाडी नै लिएकोले यसको सम्पुर्ण जस पनि एमालेलाई नै जान्छ । ‘यो क्षेत्रलाई अझै फराकिलो अर्थतन्त्रलाई लिड गर्ने क्षेत्र बनाउनका लागि नीतिगत तहमा नै लविङ गर्नुपर्ने आवश्यकता देखेकोले मैले खुल्ला केन्द्रिय सदस्यको लागि उमेदवारी दिएको हुँ ।’ उनले भने ।
उनले भने, ‘आर्थिक संबृद्धि सामाजिक न्याय तथा गरिवी न्युनिकरणका लागि ७३ लाख जनता आवद्ध रहेको देशको सवैभन्दा ठूलो नेटवर्क समग्र सहकारी अभियानको भावना प्रतिनिधित्व गर्नका लागि आफूले खुल्ला केन्द्रिय सदस्यमा उमेदवारी दिएको हो ।‘ सरकारको संबृद्ध मुलुक सुखी नेपालीको सपना साकार पार्नका लागि सहकारी क्षेत्रबाट अहम् भुमिका निर्वाह गर्न, दिगो विकास लक्ष्य २०३० प्राप्तिका लागि सहकारी अभियानलाइ अझ प्रभावकारी रुपमा अगाडी बढाउन, सहकारी र पार्टीविच निकटको सम्बन्ध विस्तार गराउन,आर्थिक क्रान्तिको लागि सहकारी क्षेत्रको भुमिका अहम् बनाउनका लागि पनि आफूले पार्टीको खुल्ला केन्द्रिय सदस्यको लागि आवेदन दिन लागेको उनको दावी छ ।
स्वतन्त्रतालाई बलियो बनाउन, आत्मनिर्भर अर्थतन्त्र निर्माणमा योजगदान दिन, नेपाललाई सम्मानजनक राष्ट्र बनाउने पार्टीको सिद्धान्तमा आफ्नो अन्तिम अवस्थासम्म भुमिका निर्वाह गर्न र यो जन्मलाई सार्थक बनाउनका लागि पाटीको केन्द्रिय सदस्यमा रहेर महत्वपुर्ण योगदान दिनका लागि पनि आफुले उमेदवारी दिनुपरेको उनको भनाई थियो ।
प्रतिक्रिया