वि.सं. २०८१ फाल्गुन ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

यसकारण आएनन् सहकारी पत्रकारको कार्यक्रममा रजिष्टार

अर्थटुडे
२०७८ पुष २३, शुक्रबार

शुक्रबार भएको सहकारी पत्रकार समाज (सिजेएन) को चुनाव सहितको ११ औ बार्षिक साधारणसभामा सहकारी विभागका रजिष्टार झलकराम अधिकारी कार्यक्रममा उपस्थित भएनन् । सिजेएनले निम्ता गरेपनि उनी नआएको बताइरहदा रजिष्टार अधिकारी भने सिजेएनले एक पटक निम्ता दिएपछि रिमाइन्डर नगराएको बताउँछ । सहकारीहरुको नियामक निकाय सहकारी विभाग प्रमुख रहेको अधिकारीले आफूले कार्यक्रमको बारेमा याद नभएकोले आउन नसकेको प्रतिक्रिया दिए ।

उनले भने,’म होटल अर्याल नजिकै बस्छु, मलाई पुनः जानकारी गराउने काम भएन, निम्ता गरेको पनि केही दिन भएकोले विर्सिएछु, जादा मन्त्रीज्यु बोल्दै हुनुहुन्थ्यो त्यसैले फर्केँ।’सहकारी निकायको नियमनकारी तथा जवाफदेही निकायको रुपमा रहेको सहकारी विभागका प्रमूखलाई कार्यक्रममा नदेखेपछि सहकारी पत्रकारहरुले भने विभिन्न अनुमान लगाएका थिए ।
कतिपयले जिम्वेवार निकाय पत्रकारहरुको कार्यक्रममा नआउनु भनेको विरोध गर्नु हो भनिरहेको थिए भने कतिपयले मन्त्री शशि श्रेष्ठ आएकोले नआएको अड्कल गरिरहेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ