वि.सं. २०८१ माघ १०
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारी बैंकको नेतृत्वमा सहकारीहरुको आफ्नै ब्राण्डको‘कोपकार्ड’ जारी

अर्थटुडे
२०७८ फाल्गुन २४, मंगलवार

ललितपुर । सहकारी संघ/संस्थाहरुको लागीआफ्नै ब्राण्डको कोप (एटिएम)कार्ड जारी गर्ने उद्देश्यका साथराष्ट्रिय सहकारी बैंक लिमिटेड सहितस्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र ग्लोबल आइएमई बैंक लिमिटेडएटिएम कार्ड सेवाप्रदान गर्ने सम्बन्धी सम्झौंता भएको छ । आईतबार हिमालय होटल ललितपुरमा एक कार्यक्रमको आयोजना गरी सम्झौतामा राष्ट्रिय सहकारी बैंक लिमिटेडको तर्फबाट प्रमुखकार्यकारी अधिकृत बद्रीकुमार गुरागाई, एससिटीको तर्फबाट प्रमुखकार्यकारी अधिकृत नारायण प्रकाश भुजु र ग्लोबल आइएमई बैंक लिमिटेडको तर्फबाट प्रमुखकार्यकारी अधिकृत रत्नराज बज्राचार्यले सम्झौतापत्रमा संयुक्त हस्ताक्षर गरेका छन् ।


सम्झौता पछि एससिटीसँगको सहकार्यमा सबै प्राविधिकतयारी पुरा भएपछि राष्ट्रिय सहकारी बैंकले छिट्टै आफ्नासदस्य सहकारी संघ÷संस्थाहरु मार्फत सहकारीमा आबद्ध सदस्यलाई एटिएम कार्ड प्रदान गर्ने बैंकका अध्यक्ष के.बी. उप्रेतीले बताए ।

उनले बाणिज्य बैंककाग्राहकहरुले प्रयोग गरे जस्तै सहकारी संस्थाका सदस्यहरुले कोप कार्ड प्रयोग गर्न सक्ने विशेषतायसमा रहेकोले सहकारीका सदस्यहरुले कार्ड मार्फत आर्थिक कारोबार सक्ने भन्दै सुरक्षा र प्रविधिको हिसावले मजबुत मानिएको बताए । साथै नेपाल सरकारले लिएको डिजिटल नेपालको अभियानलाई पनिसहयोग पुग्ने उल्लेख गर्दै सहकारीका सदस्यहरुले पनिनगदरहीत कारोबार गर्न पाउनु आफैँमा ठूलो उपलब्धि रहेको बताए ।


राष्ट्रिय सहकारी बैंकका प्रमुखकार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बैंकले सहकारी र प्रविधिविच काम गर्न बैंकको डिजिटल बैंकिंग युनिट तयार गरि कार्य अगाडी बढाएको उल्लेख गर्दै बैंकमै उक्त यूनिटलाई परिचालन गरि सहकारी संस्थाहरुमा भएको प्रविधिलाई स्तरोन्नती गर्ने तथा विकसित बैंकिङ प्रविधि भित्र्याउन समन्वयत्मक भुमिका निर्वाह गर्ने बताए । एससिटीका प्रमुखकार्यकारी अधिकृत नारायण प्रकाश भुजुले बैंकसँगको यो सहकार्यले कम्पनी उत्साहीत भएको बताउँदै उत्कृष्ट सेवाप्रदान गर्न तत्परताका साथ लाग्ने बताए ।

नेपाल राष्ट्र बैंकको नीति र निर्देशन अनुरुप समग्र भुक्तानी प्रणालीमा र विद्युतीय कारोवारमा एटिएम कार्ड, स्मार्ट, क्वीआरकोड र मोवाइल बैंकिङमार्फत आफनो सेवादिदैं एससिटीले हालसम्म बैंक तथा बित्तीय संस्थाहरुलाई मात्र सुविधापु¥याउदै आइरहेकोमा हाल बढदै गएको सहकारीको भुमिका र कारोवारलाई मध्य नजर गर्दै सहकारीहरुले पनि न्यूनतम लागतमा राष्ट्रिय सहकारी बैंक मार्फत सहजै एटिएमकार्ड जारी गर्न सक्ने प्रविधि र प्रकिया मिलाएको छ ।


एससिटीले चीनको यूपिआईसँग सहकार्य गर्दै विगत केहि समय अगाडि देखि सहकारीहरुलाई कार्ड सेवादिईसकेको भएपनि यसलाई प्रभावकारी बनाउन र सहकारी संघ÷संस्थाहरुको सबै तहमा पु¥याउन राष्ट्रिय सहकारी बैंक लिमिटेडको सहकार्यमा सबै प्रकृतिका सहकारीहरुलाई एउटै ब्राण्डको कोप कार्ड जारी गर्र्न लागेको हो ।

यसरी प्रदानगर्ने कार्ड अन्तराष्ट्रिय स्तरको चिप कार्ड र कन्टयाक्टलेश प्रबिधिमा आधारीत हुने र नेपाल तथा भारतका एटिएम पिओएस जुनसुकै स्थानमा चलाउन सकिने छ । एटिएम कार्ड ग्लोबल आइएमई बैंकको प्रायोजकत्वको रुपमा राष्ट्रिय सहकारी बैंकमार्फत सहकारीहरुले आफ्ना सदस्यहरुलाई जारी गर्नेछन् ।


सम्झौता पश्चातसम्पूर्ण सहकारीहरुले सजिलै राष्ट्रिय सहकारी बैंक लिमिटेड मार्फत कोप कार्ड जारी गर्न सक्नेछन् । सहकारीहरुले आफ्नो सदस्यहरुलाई कोप कार्डको वितरण गरे पछि सहकारीमा आवद्ध सदस्यहरुले आफ्नो सहकारीको खातावाट जुनसुकै बेला जँंहाबाट पनि एटिएम मार्फत रकम निकाल्न सक्नेछन् ।

त्यस्तै पिओएसको माध्यमबाट कुनै पनि सेवावा वस्तु खरिद गर्न सक्ने बैंकले जनाएको छ । यो सुविधाका कारण सदस्यहरुको सहकारी प्रतिविश्वास बढ्दै जाने र सहकारीको बचत सहकारीमै रहिरहनेविश्वास बैंकले लिएको छ । यो सम्झौताले ेसमग्र सहकारी क्षेत्रको भुक्तानी प्रणालीमा र विद्युतीय कारोवारमापहुँच बढदै जाने र साधारणबैंकिङ कारोवारको लागि बैंक गईरहनु पर्ने बाध्यतावाट मुक्तिहुने र सहकारीहरुको विकासमा थप योगदानपुग्ने छ ।बैंकसँगको सम्झौता पश्चात सहकारीहरुले जारी गर्ने कोप कार्ड ग्लोबल आइएमई बैंकको ३ सय भन्दा बढी एटिएम बुथबाट निशुल्क रुपमा रकम झिक्न सक्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ