वि.सं. २०८१ मंसिर १७
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्रिय बचत तथा ऋण सहकारीमा क्युआर कोड भुक्तानी सेवा, भारतियले पनि कारोबार गर्न सक्ने

राष्ट्रिय बचत तथा ऋण सहकारीमा क्युआर कोड भुक्तानी सेवा, भारतियले पनि कारोबार गर्न सक्ने

अर्थटुडे
२०८१ जेष्ठ ३२, शुक्रबार

काठमाडौं । जनकपुर पिडारीचोकस्थित राष्ट्रिय बचत तथा ऋण सहकारी संस्थाले भ्वाइस म्यासेज सहितको क्युआर कोड भुक्तानी सेवा संचालनमा ल्याएको छ । फिनएक्स सफ्टवेयर तथा फोन पे र इसेवाको सहकार्यमा सुरु गरिएको यो सेवा धनुषा जिल्लाका सहकारीहरुमै पहिलो हो । यस सेवा अन्र्तगत क्युआरमार्फत भुक्तानी भएको जानकारी स्वरबाटै सुन्न सकिन्छ ।

संस्थाको क्युआर कोडमा भारतिय पर्यटकले पनि युपीआइ, फोनपे, भीम एपबाट भुक्तानी गर्न सक्नेछन् । यसबाट जनकपुर घुम्न आउने भारतियहरुलाई पनि सजिलो हुने र सदस्यहरुको व्यवसाय बढ्ने संस्थाका अध्यक्ष राम नगिना राउतले जानकारी दिए ।

संस्थाले विहिबार एक औपचारिक कार्यक्रम बीच भुक्तानी सेवा औपचारिक रुपमा सुरु गरेको छ । कार्यक्रममा राष्ट्रिय सहकारी बैंक मधेस प्रदेश प्रमुख विष्णु प्रसाद पराजुली, शाखा प्रवन्धक विनोद चुडाल, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) शाखा प्रमुख बज्रेश गुप्तालगायतले शुभकामना प्रदान गरेका थिए ।

संस्थाले यसअघिनै फिनएक्स सफ्टवेयरमार्फत एटीएम मोवाइल बैंकिङलगायतका सेवा सुरु गरिसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ