वि.सं. २०८१ मंसिर १७
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विश्व किसान संगठनको सञ्चालकमा नेपालका खेम बहादुर पाठक निर्वाचित

अर्थटुडे
२०८१ असार ६, बिहीबार

काठमाडौ । विश्व भरका किसानहरुको छाता संगठन विश्व किसान संगठन डव्लु एफओको सञ्चालकमा नेपालका खेम बहादुर पाठक निर्वाचित भएका छन् । नेपाल कृषि सहकारी केन्द्रीय संघ लि., साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष समेत रहेका पाठक एसिया प्रशान्तबाट निर्विरोध निर्वाचित भएका हुन् ।
पाठक सहित विश्व किसान संगठन डव्लु एफओको सञ्चालकमा विश्वभरबाट ६ जना निर्वाचित भएका छन् ।

विश्वभरका सक्रिय किसान संघ संगठनहरुको छाता संगठनका रुपमा रहेको विश्व किसान संगठनमा नेपालको तर्फबाट सञ्चालक समितिमा निर्वाचित हुने पाठक पहिलो व्यक्ति हुन् । ।

किसान र कृषि क्षेत्रको रुपान्तणका क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको विश्व किसान संगठनको उच्चतह सञ्चालकमा नेपालको तर्फबाट प्रतिनिधित्व हुनु आफैमा खुसी र गौरवको कुरा भएको नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. ले जनाएको छ ।

गरिबी निवारण, साना किसानको समृद्धि, ग्रामीण अर्थतन्त्र सुधार सहित महिला नेतृत्व विकासका क्षेत्रमा सहकारी अभियान र साना किसान अभियानमार्फत निरन्तर सक्रिय खेम बहादुर पाठक इटालिको रोममा भएको विश्व किसान संगठन डव्लुएफओको महासभा २०२४ को सदस्य संगठनहरूको चुनावमा सर्वसम्मतले निर्वाचित भएका हुन् ।

डव्लु एफ्ओको माहासभाको निर्वाचनको यो परिणामले नेपालको सहकारी अभियान, साना किसान बिकास अभियान परिवार, सरोकारवालाहरु, किसानहरु, सहकारी अभियन्ता, तथा सम्पूर्ण नेपालिहरुलाई अन्यन्तै हर्षित र गौरवान्वित बनाएको छ ।
साना किसान बिकास लघुवित्त वित्तीय संस्था र सम्पूर्ण साना किसान अभियानलाई सशस्त्र द्धन्दकाल, राजनीतिक अस्थिरता तथा विभिन्न कठिन अवस्थाबाट जोगाउँदै आज यो अवस्थामा ल्याउन पाठकको महत्वपूर्ण योगदान रहेको छ ।

विश्वभरका सबै विशिष्ट प्रतिनिधिहरुको विस्वासले विश्व किसान संगठनको संचालक समितिको सदस्यको रुपमा खेम बहादुर पाठकको कार्यकाल विश्वभरिका सम्पूर्ण किसानहरुको हित र स्वर्णीम भविष्य निर्माणका लागि महत्वपूर्ण रहने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ