काठमाडौं । सहकारीका सदस्यको बचत रकम ठगी गरेको आरोपमा प्रहरीले पुल्चोकस्थितश्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेन्द्र भण्डारी सहित चार जनालाई पक्राउ गरेको छ ।
ललितपुर प्रहरीमा परेको जाहेरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अध्यक्ष अमरदास श्रेष्ठ, कोषाध्यक्ष अमृतकुमार अर्याल र सदस्य कमदबाबा जोशी प्रधानलाई पनि पक्राउ गरेको छ । उनीहरुलाई थप कारवाहीका लागि ललितपुर प्रहरीलाई जिम्मा लगाइएको छ ।
ललितपुर प्रहरी प्रमुख शेखर खनालकाअनुसार लालिगुराँस सहकारीले पैसा फिर्ता नदिएको भन्दै एक सय भन्दा बढीको सर्वसाधारणको उजुरी परेको छ । उजुरीका आधारमा अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।
भण्डारीसहित सहकारीका संचालकविरुद्ध जिल्लाअदालत काठमाडौंले पनिपक्राउपुर्जी जारी गरेको प्रहरीले जनाएको छ ।
संघिय सहकारी विभागको सिफारीसमा श्री लालिगुराँसलाई भूमिव्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले गत फागुनमा समस्याग्रस्त घोषणा गरेको छ ।समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले संस्थाको सम्पति खोजविन गरिरहेका बेला प्रहरीले पनि ठगी मुद्दामा अनुसन्धान अघि बढाएको हो ।
व्यवस्थापन समितिमा ४ हजार ५ सय बचतकर्ताले ७ अर्ब १७ करोड रुपैयाँमाग दावी गर्दै निवेदन दिएका छन् । प्रहरीले भने २२ हजार बचतकर्ताको ६ अर्ब रुपैयाँ ठगी भएको दावी गरेको छ ।
प्रतिक्रिया