वि.सं. २०८१ मंसिर १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारी अर्थतन्त्रको बलियो आधार हो, चुनौतिबाट पार लगाउनुपर्छ :अर्थमन्त्री

अर्थटुडे
२०८१ श्रावण ३, बिहीबार

काठमाडौ । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बाका रुपमा रहेको सहकारी आन्दोलनलाई समस्याबाट बाहिर निकाल्नुपर्छ भन्ने सरकारको दृष्टिकोण रहेको बताएका छन् ।

राष्ट्रिय सहकारी महासंघका प्रतिनिधिमण्डलसँगको कुराकानीमा अर्थमन्त्री पौडेलले भने,‘सप्रेको खेतीमा पनि कहिलेकाही सलह लाग्छ । अहिले सहकारी आन्दोलनमा केहि चुनौती देखिएको छ । त्यसो भन्दैमा सहकारी आन्दोलन बेठिक थियो भन्ने होइन । यो नेपालको अर्थतन्त्रको बलियो आधार हो । यसलाई चुनौतीबाट पार लगानुपर्छ ।’

सहकारीलाई स्वनियमनमा फर्केन आधार बनाएर हाललाई नियमनको केहि व्यवस्थापन गर्ने अर्थमन्त्री पौडेलले बताए।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लले सहकारी क्षेत्रको चुनौती समाधानका लागि कर्जा सुचना केन्द्र, ऋण असुली न्यायधिकरण तथा बचत तथा ऋण सुरक्षण कोषका लागि सहयोग गर्नुपर्ने र सहकारीलाई उत्पादन, उद्योगमा लैजानका लागि ४७ वटा ऐन बाधक भएकाले त्यसलाई संशोधन गर्नुपर्ने धारणा राखिन् ।

पुर्वमन्त्री तथा महासंघका निवर्तमान अध्यक्ष केशव बडालले पछिल्लो समय सहकारी सिद्धन्त विपरित क्रियाकलाप गर्नेका कारण इमान्दार सहकारी संघ÷संस्थालाई समेत समस्या सिर्जना भएकाले सरकारले सकारात्मक सन्देश दिने गरी अगाडि बढ्नुपर्ने बताए ।

उनले सहकारी क्षेत्रको बजेट कटौती भएकाले यथावत राख्न पनि अर्थमन्त्री पौडेललाई अनुरोध गरे ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ