काठमाडौं । सहकारी संस्थाहरुको बचत अपचलनबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले सदस्यको बचत रकम अपचलन गरी फरार रहेका डेढ दर्जन संचालकहरुलाई सम्पर्कमा ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
सोमबार बसेको समितिको बैठकमा गृहमन्त्री रमेश लेखकसँगको छलफलपछि वचत दुरुपयोग, अपचलन र ठगीमा संलग्न भई फरार १८ जना विदेश वा फरार रहेकाले उनीहरुलाई सम्पर्कमा ल्याउन निर्देशन दिइएको सभापति सूर्य थापाले जानकारी दिए ।
समितिले सूर्य दर्शन सहकारी पोखराका जीबी राई, ज्ञानबहादुर बम्जन, थानबहादुर बुढामगर र भुपेन्द्र राई, सुमेरु सहकारीका भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन र सरला महर्जन, शिव शिखर सहकारीका तेजबहादुर बम्जन र लीलानाथ गौतम, इमेज सहकारीका देवकुमार नेपाली, दीपक पौडेल र छेदा नेपाली, सानोपाइला सहकारीका तस्बिरन खातुन र असरफ अलि, सहारा चितवनका सुवास केसी, मेगा ड्रिम बहुउद्देश्यीयका महाशंकर रेग्मी, कान्तिपुरका प्रेमध्वज लामालाइ पक्राउ गर्न भनेकाे हाे ।
प्रतिक्रिया