वि.सं. २०८१ भाद्र २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारीमा दोहोरो पद हटाउन सरकार असक्षम, निर्देशन कार्यान्वयन गर्न फेरी पुससम्मको समय

अर्थटुडे
२०८१ श्रावण २४, बिहीबार

काठमाडौं । सहकारी ऐन २०७४ को प्रावधान अनुसार सहकारी संघसंस्थामा दोहोरो संचालक बस्न नपाउने प्रावधान कार्यान्वन गर्न सरकार असफल भएको छ । सहकारी ऐन अनुसार एक वर्षभित्र लागू गर्नुपर्ने प्रावधान कार्यान्वयन गर्न नसकेको सहकारी विभाग पुनः आफ्नो निर्देशन कार्यान्वयनबाट समेत पछि हटेको छ । सहकारी अभियन्ताहरुको चर्को दवावका कारण विभागले उक्त प्रावधान कार्यान्वयनका लागि आगामी पुससम्मको समय दिएको हो ।

सहकारी ऐन २०७४ को दफा ४१ (५) मा कुनै व्यक्ति एकै समयमा एकमात्र सहकारी संघ संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था छ । दोहोरो पदमा रहेका व्यक्तिलाई उक्त प्रावधान कार्यान्वयन गर्न ऐनमा एक वर्षको समयसीमा तोकिएको छ ।

२०७४ सालमा ऐन कार्यान्वयनमा आएपनि ७ वर्षसम्म दोहोरो पदको प्रावधान कार्यान्वयन हुन सकेन । विभागले गत असार १९ गते निर्देशन जारी गर्दै ऐन अनुसार दोहोरो संचालकबाट हट्न एक महिनाको समयसीमा दिएको थियो ।

निर्देशनबाट दिएको समयसीमा सकिएको एक सातापछि विभागले फेरी निर्देशन जारी गर्दै उक्त प्रावधान कार्यान्वयन गर्न पुससम्मको समय दिएको हो । सम्वद्ध पक्षको अनुरोध र सहकारीले साधारणसभाबाट संचालक हटाउन सक्ने व्यवस्था भएकाले पुससम्मको समय दिइएको विभागले जनाएको छ ।

साउन २४ गते जारी निर्देशन

असार १९ गते जारी निर्देशन

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ