वि.सं. २०८१ भाद्र २८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रधानमन्त्री ओलीसँग महासंघले भन्योः ‘सहकारीलाई सहुलियतपुर्ण कर्जा उपलव्ध गराउनु पर्छ’

अर्थटुडे
२०८१ श्रावण २८, सोमबार

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारीमा देखिएको समस्या समाधानका लागि सरकारले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने बताएको छ ।

महासंघको नेतृत्वमा सहकारीकर्मीको टोलीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी हाल सहकारीमा देखिएको समस्या समाधान गर्न सरकारले सहकारीहरुलाई सहुलियतपुर्ण कर्जा उपलव्ध गराउनुको साथै सहकारीको तथ्यांक संकलन र प्रभावकारी नियमन अनुगमन र प्रबद्र्धनमा केन्द्रीत हुनुपर्ने बताएको हो ।

महासंघकी अध्यक्ष ओमदेवी मल्लले सहकारी ऐन २०७४ मा रहेको कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायधिकरण, बचत तथा कर्जा सुरक्षण कोष गठन गर्ने विषय तत्काल कार्यन्वयन गरेर सहकारीमा देखिएका समस्या समाधान गर्नुपर्ने बताईन् ।

उनले सहकारी प्रबर्धन कोषलाई परिचालन गर्न सकेमा महासंघ बलियो हुने दावी गर्दै सहकारीबाट लिएको ऋण तिर्नुपर्दैन भन्ने दुस्प्रचार फैलाएका कारण समेत समस्या आएको बताईन्। उनले हाल सडकदेखि सदनसम्म सहकारीको विषय उठेको बताउदै सहकारीको पुँजी परिचालन गर्नका लागि करिब ४७ वटा ऐन बाधक रहेकाले तीनीहरुको संशोधन गर्नुपर्ने धारणा राखिन् ।

पूर्व मन्त्री तथा महासंघका पूर्व अध्यक्ष केशव बडालले सहकारीको विषयमा प्रधानमन्त्री, अर्थ मन्त्री र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीलाई एकै ठाउँमा राखेर विशेष अन्तक्रिया गर्नुपर्ने, तीनवटै तहका सरकारलाई सहकारीको विषयमा संविधानमा उल्लेख भएको विषयलाई समावेश गरेर निर्देशन गर्नुपर्ने, केहि नेपाल ऐन संशोधनमा सहकारीलाई नचिन्ने ऐनहरु सशोधन गर्नुपर्ने बताए ।

महासंघका पुर्व अध्यक्ष तथा पूर्व राज्यमन्त्री दिपकप्रकाश बाँस्कोटाले सहकारीको विषयमा राष्ट्रिय सहकारी विकास बोर्ड, नेपाल राष्ट्र बैंकसहितको छलफल आवश्यकता रहेको बताए ।

महासंघका निवर्तमान अध्यक्ष मिनराज कडेलले सहकारी ऐनका प्रावधान कार्यन्वयन गर्न सकेको खण्डमा सहकारीका चुनौती समाधान हुने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ