काठमाडौ । जग्गाको कित्ताकाट खुलेको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले जग्गाको कित्ताकाट समस्या नआउनेगरी खुल्ला गर्ने निर्णय गरेको हो । मन्त्रीपरिषद्ले जग्गाको कित्ताकाट खुल्ला गर्ने निर्णयपछि मंगलबार भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले जग्गा कित्ताकाटमा पुनःसमस्या नआउने गरी काम गर्न स्थानीय तहलाई आग्रह गरे । तोकिएको यो आर्थिक बर्षभित्र सबै पालिकाहरुले प्रक्रिया पुरा गररे कित्ताकाट रोक्न नपर्ने गरी काम गर्न मन्त्री अधिकारीले आग्रह गरेका हुन् ।
पालिकाहरूले जग्गाको वर्गीकरण नगर्दा स्थानीय तहमा कित्ताकाट रोकिने श्रृङ्खला बि.स २०७६ सालदेखि चलीरहेको हो । देशभरका ७५३ पालिकाहरुमध्ये १९३ ले मात्र जग्गा बर्गीकरणको काम सम्पन्न गरेका छन् भने अन्य पालिकाहरुले समयमै जग्गा बर्गीकरण गर्न नसक्दा कित्ताकाटको समस्या पटक पटक आउने गरेको छ ।
कित्ताकाट खुलेसगैं मङ्गलवारबाट देशभरका सबै मालपोत कार्यालयमा कित्ताकाटको काम सुरु भएको भूमिब्यवस्था तथा अभिलेख बिभागले जनाएको छ ।
प्रतिक्रिया