वि.सं. २०८१ माघ २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारीबाट किन भाग्दैछन् उच्च तहका कर्मचारीहरु ?

अर्थटुडे
२०८१ आश्विन २१, सोमबार

काठमाडौं । पछिल्लो समयमा सहकारीका केन्द्रिय संघदेखि महासंघसम्मलाई कर्मचारीको राजीनामा दिने लहरले छोएको छ । एकातिर सहकारीप्रतिको दृष्टिकोण गलत हुदै गएको र अर्कोतर्फ राजनीति ज्यादै हुन थालेपछि कर्मचारीहरु राजीनामा दिन बाध्य भएको एक कर्मचारीले जानकारी दिए ।

सहकारीको छाता संगठन राष्ट्रिय सहकारी महासंघमा तीनजना वरिष्ठ कर्मचारीहरुले गत असोज १५ गते राजीनामा दिएका छन् । राजीनामा दिनेमा महासंघका नायव महाप्रबन्धक सुरेश थापा, संचार अधिकृत रामसुदन तिमल्सिना र प्रशासनिक अधिकृत अच्युतम थापा रहेका छन् ।

त्यस्तै महासंघका उपाध्यक्ष खेम पाठकले लामो समयदेखि नेतृत्व गर्दै आएको कृषि सहकारी केन्द्रिय संघमा पनि महाप्रबन्धक रुद्र भट्टराईले राजीनामा दिएका छन् । संचालक समितिका अध्यक्ष पाठकलाई मनोमानी ढंगले संघ संचालन गर्न नदिएपछि भट्टराइले पनि महाप्रबन्धक पदबाट हात धुन परेको छ । भट्टराई र पाठक एक आपसमा निम्नस्तरको गालीगलौजमा समेत उत्रिएको संघका एक कर्मचारीले जानकारी दिए ।

त्यस्तैगरी संघकी वरिष्ठ कार्यक्रम व्यवस्थापक मिना पोखरेलले पनि भट्टराइसँगै राजीनामा दिएकी थिइन् तर उनलाई भने राजीनामा झिक्न लगाइएको थियो । उनलाई अध्यक्ष खेम पाठक र अन्य संचालकहरुले एक बर्षको लागि काम गर्न आग्रह गरेपछि उनले भने तत्कालका लागि राजीनामा फिर्ता लिएकी छिन् ।

यता राष्ट्रिय सहकारी बैंकमा पचि उच्च तहका २ जना (सहायक प्रमूख कार्यकारी अधिकृत मनोज खड्का र बरिष्ठ अधिकृत बल्लभदेव तिमल्सिना) सहित २५ जना कर्मचारीले राजीनामा दिइसकेका छन् ।

त्यसैगरी बचत तथा ऋण सहकारी केन्द्रिय संघ नेफ्स्कुनमा पनि तीनजना वरिष्ठ कर्मचारीहरुले राजीनामा दिएका छन् । सहायक कार्यकारी प्रमुख सञ्जय तिमल्सिना र अधिकृत द्धय मनोज बुढाथोकी र पेशलकुमार खड्काले कात्तिक १ गतेदेखि लागु हुनेगरी राजीनामा दिएका हुन् ।

संस्थाका संचालकहरुले मनोमानी ढंगबाट कर्मचारीहरु नियुक्ती गर्ने, कर्मचारीहरुलाई जिम्वेवारी नदिई लामो समयसम्म राख्ने, जथाभावी सरुवा गर्नेजस्ता काम हुन थालेपछि नेफ्स्कुनका ति कर्मचारीहरुले राजीनामा दिएको पाइएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ