वि.सं. २०८२ जेष्ठ २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समस्याग्रस्त सहकारीको दायित्व फरफारक गर्न अल्टिमेटम

अर्थटुडे
२०८१ कार्तिक १, बिहीबार

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारी संस्थाको दायित्व फरफारक गर्न अन्तिम पटक १५ दिने समयसीमा दिएको छ । समितिले बिहीबार एक सूचना जारी गर्दै सम्रस्याग्रस्त सहकारीका सञ्चालक, व्यवस्थापक, ऋण सदस्य र कर्मचारीलाई दायित्व फरफारक गर्न भनेको हो ।

यसअघि पनि पटक–पटक सूचना जारी गरेर तथा एसएमएससमेत गरेर दायित्व फरफारकका लागि ताकेता गर्दासमेत सम्पर्कमा नआएकोले तोकिएको अवधिभित्र दायित्व फरफारक नगरे कानुनअनुसार प्रक्रिया अघि बढाउने कार्यालयले चेतावनी दिएको छ ।

तोकिएको समयभित्र नबुझाएमा दायित्व बाँकी रहेका व्यक्ति र निजको एकाघर परिवारको सम्पत्ति तथा बैंक खाता रोक्का गर्ने, कालोसूचीमा राख्ने र रोक्कामा राखिएका सम्पत्ति लिलाम बिक्री गरी ऋण असुल गर्ने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ