वि.सं. २०८१ माघ २७
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

साधारण तारेखमा छाड्न रवी लामिछानेको उच्च अदालतमा निवेदन

अर्थटुडे
२०८१ माघ १४, सोमबार

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेले धरौटी रकम मिनाहा गरी साधारण तारेखमा छाड्न उच्च अदालत पोखरामा निवेदन दिएका छन् । सोमबार लामिछानेले उच्च अदालत पोखरामा दफा ६३ बमोजिम निवेदन दर्ता गराएका हुन् ।
काकस्की जिल्ला अदालतले पुस २५ गते, थुनछेक सम्बन्धी सुनुवाईको आदेशमा फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम ६५ लाख रूपैयाँ धरौटी माग गरेको थियो । सोहि आदेश चित्त नबुझेको भन्दै सो बेरितको आदेश बदर गर्न लामिछानेले उच्च अदालतमा निवेदन दिएका हुन् ।
उनले दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरि पाउँ भनी निवेदन दर्ता गराएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ