काठमाडौ । भूमी ब्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले अवको तीन बर्षभित्र भूमिहिन, सुकुम्वासी, अब्यवस्थीत बसोबास र भूमि क्षेत्रका तमाम समस्या समाधान भएर जाने बताएका छन् । संघ, प्रदेश र स्थानीय तहको भूमि समस्या समाधानका लागि सात वटै प्रदेशका भूमिमन्त्रीहरु रहेको बिषयगत समितिको तेस्रो बैठकलाई सम्बोधन गदैं मन्त्री अधिकारीले संघीय सरकार, सात वटै प्रदेश सरकार, राष्ट्रिय भूमि समस्या समाधान आयोग र मातहतका निकायहरु हालसम्म देखिएका भूमिसंग सम्वन्धीत सबै समस्या समाधान गर्न दत्तचित भएर लागेको बताए ।
मन्त्री अधिकारीले भुमि ब्यबस्था सहकारी तथा गरिबी निवारणको क्षेत्रमा ३ तहबिच कानुनी एकरुपता ल्याउने ,सेवालाइ प्रबिधियुक्त तुल्याउने, सहकारीका बिशेष समस्या समाधानको रणनीति खाका पारीत गर्ने काम बैठकले गरेको बताए ।
आफुले मन्त्रालय सम्हालेपछि अधिकार हस्तान्तरण गर्न अग्रसरता देखाएको मन्त्री अधिकारीको भनाई छ । सोहि बैठकमा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले संघमा भुमि सम्बन्धी धेरै अधिकार केन्द्रीकृत भएको भन्दै कानुन बनाएर प्रदेशमा हस्तान्तरण गर्न आग्रह गरे ।
प्रदेश सरकारले आफ्ना संरचना बनाउन समेत संघीय सरकार गुहार्नु पर्ने भन्दै यो अबस्थाको अन्त्य हुनुपर्ने औल्याए ।
प्रतिक्रिया