वि.सं. २०८२ बैशाख १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

संचालकको हस्तक्षेप बढेपछि धमाधम बाहिरिदै नेफ्स्कूनका कर्मचारी

अर्थटुडे
२०८१ चैत्र २९, शुक्रबार

काठमाडौं । सहकारीमा संचालक समिति र व्यवस्थापन अलग हुनुपर्छ र व्यवस्थापकिय काममा संचालक सहभागि हुनु हुदैन भनेर लविइङ गर्ने नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) भित्रै संचालक समितिको र व्यवस्थापनविच विवाद बढ्दै गएको छ । संचालकहरुले संघका दैनिक कामहरुमा समेत चासो तथा हस्तक्षेप गर्न थालेपछि उच्च तहका कर्मचारीहरु धमाधम बाहिरिन थालेका छन् ।

गत साउनमा संघबाट एकपटक तीन जना उच्च तहका कर्मचारीहरु बाहिरिएका थिए । तालिम विभाग प्रमुख तथा सहायक प्रमुख कार्यकारी अधिकृत सञ्जयराज तिम्मल्सिनाले साउन पहिलो साता र अधिकृतद्धय मनोज बुढाथोकी र पेशल कुमार खड्काले साउन दोस्रो साताबाट संघ छोडेका हुन् ।
यसैगरी सञ्चार अधिकृत रञ्जनमणी पौड्यालले पनि फागुन पहिलो सातादेखि संघबाट बाहिरिएका छन । संचालकसँग विवाद भएपछि लामो समय विदामा बसेका सहायक प्रमुख कार्यकारी अधिकृत राधेश्याम श्रेष्ठ पनि बैशाखदेखि संघ छोड्दैछन् ।

स्रोतका अनुसार पछिल्लो समय नेफ्स्कुनको ऋण लगानी तथा धितो लिलामीका विषयमा संचालकहरुले अनावश्यक चासो देखाउन र हस्तक्षेप गर्न थालेपछि कर्मचारीसँग विवाद हुने गरेको छ । धितो लिलामीको विषयमा अन्तरलगानीको विभागिय बैंठकमा कर्मचारी र संचालकविच चर्काचर्कीको अवस्था समेत बन्ने गरेको स्रोतले जनाएको छ ।

पछिल्लो समय सञ्चालहरु भत्ताको लोभमा अनावश्यक भ्रमण, मिटिङ बस्ने गरेको धितो लिलामी जस्ता काममा संचालकहरु नै सक्रिय हुने गरेको र कर्मचारीहरुलाई व्यक्तिगत निर्देशन समेत दिने गरेका छन् ।

नेफ्स्कूनमा अध्यक्ष परितोष पौड्यालको समयदेखि व्यवस्थापकिय काममा सञ्चालकहरु हावी हुन थालेका हुन् । जसलाई तत्कालिन प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले चिर्न सकेनन् । कामु हुदै २ वर्षका लागि सिइओ नियुक्त गरिएकोले उनी आफ्नो पद जोगाउनका लागि संचालक रिझाउने गरी काम गरेको कर्मचारीहरु बताउँछन् ।

पोखरेलपछि नेफ्स्कूनमा पुनः शिवजी सापकोटा सिइकोका रुपमा नियुक्त भएपनि उनी पनि संचालकको गलत कामको विरोध गर्न सक्ने अवस्थामा नरहेको बताइएको छ । नेफ्स्कून संचालक समितिले सिइओ नियुक्तीका लागि खुल्ला प्रतिस्पर्धामा भाग लिदा अनुर्तिण भएका सापकोटालाई पछि सिधै नियुक्ती दिएको थियो ।

अहिले सापकोटा संघ सुधार्न भन्दा पनि संचालक समिति र कर्मचारीको द्धन्द्धभित्र आफुलाई सहज बनाउने वातावरण बनाउन मात्र सिमिति भएको बताइन्छ ।

पछिल्लो समय संघको कर्जा असुली कमजोर हुँदा जोखिम बढ्दै गएको छ । खराब कर्जाको जोखिम व्यवस्था नगरेको विषय लेखापरिक्षण प्रतिवेदनमा नै उल्लेख भएपनि यसतर्फ कसैले चासो दिएको छैन ।

कर्जाको जोखिम व्यवस्था नगरेको संघले गत आर्थिक वर्षको नाफाबाट भने २ दशमलव ९४ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव साधारणसभाबाट पारित गरेको थियो । तर, यसबारे संचारमाध्यममा समाचार सार्वजनिक भएपछि भने सहकारी विभागको निर्देशन दिएपनि लाभांस विवरण रोकिएको छ ।
संघले हाल गर्दै आएको भवन निर्माण र मीरा सफ्टवेयरमा गरेको लगानी समेत विवादीत छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ