काठमाडौं । बिमा कम्पनीबाट बिमालेख धितोमा ऋण लिनेहरुले १५ प्रतिशत व्याज छुट पाउने भएका छन् ।
समितिले बिमा कम्पनीहरुलाई निर्देशन जारी गरी लकडाउन अवधि सकिएको एक महिनाभित्रमा व्याज बुझाउन आएमा व्याजदमा १५ प्रतिशत व्याज छुट दिन निर्देशन दिएको छ । सरकारले कारोना भाइरसको नियन्त्रणको लागि गरेको लकडाउनको कारण ब्याज बुझाउन नपाएपछि बिमितलाई राहत दिनका लागि समितिले उक्त व्यवस्था गरेको हो ।
यसैगरी बिमा कम्पनीहरुले अनलाईनमार्फत बिमा लेख बिक्री गर्न पाउने भएका छन । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएको र लकडाउनको समयअवधि समेत बढेपछि अनलाईनमार्फत बिमालेख बिक्री गर्न पाउने व्यवस्था गरेको हो ।
समितिले निर्देशन जारी गर्दै अनलाईन बिमा लेख बिक्रीका लागि कार्यविधि बनाउन निर्देशन दिएको छ । ‘बिमा कम्पनीहरुले अनलाईनबाटै बीमालेख बिक्री गर्न चाहेमा ‘बीमकको सूचना प्रविधि मार्गदर्शन, २०७६’ को अधिनमा कार्यविधि तयार गर्न सक्ने समितिले जनाएको छ ।
कार्यविधिलाई समितिले औचित्यताका आधारमा स्विकृत गर्ने जनाएको छ । कम्पनीहरुले तयार गरेको कार्यविधिलाई समितिले स्विकृत गरेपछि मात्र कार्यान्वयन गर्न सक्नेछन् ।
प्रतिक्रिया