वि.सं. २०८१ कार्तिक १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

व्याजदर बढेपछि कर्जाभन्दा निक्षेपबृद्धि दोव्वर

अर्थटुडे
२०७८ फाल्गुन २४, मंगलवार

काठमाडौं । बाणिज्य बैंकहरुले कर्जा प्रवाहमा कडाइ गर्दै निक्षेप बढाउन जोड दिन थालेका छन् । फागुन एक गतेबाट १० प्रतिशतले निक्षेपको ब्याजदर बढाएका बैंकहरुले फागुन तेस्रो सातामा कर्जाभन्दा निक्षेप दोब्बरले बढाएका छन् । नेपाल बैंकर्स संघका अनुसार फागुन १४ गतेदेखि २० गतेसम्ममा बाणिज्य बैंकहरुको निक्षेप ११ अर्व रुपैयाँले वृद्धि भएको छ । यस अवधिमा बैंकहरुको कर्जा प्रवाह भने ५ अर्वले मात्र बढेको नेपाल बैंकर्स संघले जनाएको छ ।


फागुन १३ गतेसम्ममा निक्षेप २ अर्व रुपैयाँले निक्षेप वृद्धि हुँदा कर्जा प्रवाह भने १० अर्वले वृद्धि भएको थियो । फागुन २० गतेसम्ममा बाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्व २४ अर्व पुगेको छ । यसैगरी कर्जा लगानी पनि ४१ खर्व ७० अर्व पुगेको संघले जानकारी दिएको छ ।
बैंकहरुले चालु आवको माघमसान्तसम्ममा बाणिज्य बैंकहरुको निक्षेप एक खर्व १० अर्व रुपैयाँ निक्षेप संकलन गर्दा कर्जा प्रवाह भने ४ खर्व ३४ अर्व रुपैयाँले वृद्धि भएको छ । निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह अत्याधिक भएको र अधिकांश कर्जा आयात लगात अनुत्पादक क्षेत्रमा जादा बैंक तथा वित्तीय संस्थामा तरलता अभाव हुँदै आएको छ ।


अत्याधिक आयातका कारण देशको शोधानान्तर स्थिती र विदेशी विनियम संचितीमा असर गरेपछि राष्ट्र बैंकले सुनचाँदीलगायतका विलासीताका सामान आयातमा कडाइ गर्न थालिसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ