काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा असुलीमा राष्ट्र बैंकलाई समस्या भइरहेको बताएका छन् । सोमबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बोल्दै गभर्नर अधिकारीले अहिले बैंकहरुमा निष्क्रिय कर्जा बढीरहेको छ ।
त्यसलाई कसरी उठाउने भन्ने चिन्ता राष्ट्र बैंकको रहेको बताए । उनले निष्कृय कर्जा बढ्नुमा हालको कारण नभई कोभिडको असरको रुपमा पनि व्याख्या गरेका थिए । त्यस्तै उनले अर्थतन्त्रमा शिथिलता आएको स्पष्ट पार्दै रिकभरीका लागि समन्वयको आवश्यकता रहेको पनि बताए ।
अहिले बैंकको ब्याजदर घटे पनि कर्जाको माग बढ्न नसक्नुमा अर्थतन्त्रमा आएको शिथिलता नै रहेको उनको स्पष्टोक्ती थियो ।
अर्थतन्त्रमा संरचनागत समस्या चिर्न अर्थसमितिको भुमिका रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले बजारले नै व्याजदर निर्धारण गर्ने गरेको र दक्षिण एसियामा नै सवैभन्दा कम नेपालको नीतिगत दररेट रहेको दावी गरे । नीतिगत दररेट कम हुदा व्याजदर पनि कम हुन्छ ।
त्यस्तै उनले राष्ट्र बैंक उत्पादनमुलक क्षेत्रमा गुणस्तर कर्जा प्रवाह गरी रोजगारी सिर्जना गर्ने खालका कर्जा बढाउने पक्षमा रहेको बताए । हामीले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक समीक्षामा नै कसिलो मौद्रिक नीतिलाई लचिलो बनाइसकेका छौ, अधिकारीले भने, ‘अर्थतन्त्रमा रहेको चुनौतीका बीच मौद्रिक नीति बनाउनुपर्ने अवस्था रहेको बताए ।
प्रतिक्रिया