वि.सं. २०८१ चैत्र ८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जिडिपीको एक चौथाई रकम भित्रियो रेमिट्यान्स, दीगो अर्थतन्त्रका लागि खतराको घण्टी

अर्थटुडे
२०८१ भाद्र २, आईतवार

काठमाडौं । गत आर्थिक बर्षमा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ बराबरको रेमिट्यान्स नेपाल भित्रिएको छ । यो अघिल्लो बर्षको तुलनामा १६.५ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक बर्षमा नेपालमा आउने रेमिट्यान्स २३.२ प्रतिशतले बढेको थियो ।

यो रकम नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी) को २५.३३ प्रतिशत हो । चालु अर्थिक बर्षका लागि केन्द्रिय तथ्यांक विभागले ५७ खर्ब ०४ अर्ब ८४ करोड रुपैयाँ जिडिपी रहेको जनाएको छ ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले वृद्धि भई रु.१० अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।

त्यस्तै यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख ६० हजार १०३ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८१ हजार १९९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४९७,७०४ र २७७,२७२ रहेको थियो ।

अर्थशास्त्रीहरुले बारम्बार नेपालमा आउने रेमिट्यान्स बढ्नु देशको लागि घातक भनेपनि रेमिट्यान्सको फ्लो भने दिनानुदिन बढीरहेको छ । यसले देशको आर्थिक अवस्था उधोगतिमा जाने संकेत गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ