काठमाडौं । एनआइसी एसिया बैंकले ‘बेस्ट इन डिजिटल बैंकिङ अवार्ड’ प्राप्त गरेको छ । दोस्रो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड्स अन्तर्गत बैंकले सो अवार्ड हात पारेको हो । बैंकले पुरस्कारबाट डिजिटल बैंकिङको पहलमा थप उत्प्रेरणा मिलेको जनाएको छ ।
इण्डियन चेम्बर अफ कमर्सको दोस्रो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड्स अन्तर्गत २०२४ अगस्ट २३ मा भारतको नयाँदिल्लीमा आयोजित ‘बैंकिङ कनक्लेभ २०२४’ कार्यक्रममा यस बैंकलाई उक्त अवार्ड प्रदान गरिएको थियो ।
यस अवार्डमा विमस्टेक अन्तर्गतका राष्ट्रहरु नेपालसहित भारत, श्रीलंका, भुटान, म्यानमार लगायत देशका बैंकहरुले प्रतिस्पर्धा गरेका थिए ।
यी देशका बैंकहरुले विभिन्न आठ विधामा प्रतिस्पर्धा गरेका थिए । जसमा नेपालबाट एनआईसी एशिया बैंक उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो । यस अवार्डमा उत्कृष्ट बैंक छनोट
गर्नका लागि इण्डियन च्याम्बर अफ कमर्स अन्तर्गतको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचकहरु निर्धारण गरेको थियो । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप यस बैंकले सबै बैकिङ सेवाहरू क्रमशः डिजिटल माध्यममा रुपान्तरण गरिरहेको छ ।
प्रतिक्रिया