वि.सं. २०८१ माघ ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रभु महालक्ष्मी लाइफले घोषणा गर्यो १०.५३ प्रतिशत लाभांश, ७ प्रतिशत हकप्रद जारी गर्ने

अर्थटुडे
२०८१ भाद्र ११, मंगलवार

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष ०७९÷८० को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । भदौ ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा १७ प्रतिशत हकप्रद शेयर निष्कासनको तयारीमा रहेको कम्पनीले १० प्रतिशत बोनस शेयरपछि कायम चुक्तापूँजी ४ अर्ब ७२ करोड ५६ लाख रुपैयाँको आधारमा ७ प्रतिशत मात्र हकप्द शेयर निष्कासन गर्ने प्रस्ताव पनि कम्पनीले गरेको छ ।

नेपाल धितोपत्र बोर्डबाट हालसम्म पनि कम्पनीको १७ प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव स्वीकृत नभएको अवस्थामा हकप्रद शेयर निष्कासन गर्ने निर्णय पुनरावलोकन गर्ने निर्णय कम्पनीले गरेको हो । प्रस्तावित लाभांश तथा हकप्रद शेयर निष्कासनको लागि नेपाल बीमा प्राधिकरणमा स्वीकृतिका लागि पठाउने निर्णय कम्पनीले गरेको छ ।

प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र लाभांश वितरण हुनेछ । हकप्रद शेयर निष्कासनको प्रक्रिया भने वार्षिक साधारण सभाले पारित गरेपछि अघि बढ्नेछ । जीवन बीमा कम्पनीले ५ अर्ब रुपैयाँ चुक्तापूँजी कायम गर्नपर्ने व्यवस्था बमोजिम कम्पनीले बोनस र हकप्रद शेयरको सहारा लिन लागेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ