काठमाडौं । कुमारी बैंक लिमिटेडले २२ हजार ३२७ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर भदौ २४ गतेदेखि विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । साथै कम्पनीको केन्द्रिय कार्यालय टंगाल, काठमाडौंमा समेत आवेदन पेश गर्न सकिने व्यवस्था छ । तोकिएको अवधिभित्र यी शेयर विद्यमान संस्थापक शेयरधनीहरूले खरीद नगरेमा अन्य व्यक्ति तथा संस्थामा विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।
कुमारी बैंकको २२ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा
२०८१ भाद्र २४, सोमबार
प्रतिक्रिया