वि.सं. २०८१ माघ ९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ठूला बाणिज्य बैंकको ऋणको लेखापरिक्षण गर्न केपीएमजीको प्रस्ताव अस्विकृत

अर्थटुडे
२०८१ भाद्र २८, शुक्रबार

काठमाडौं । अन्तरर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) सँगको सम्झौता अनुसार ठूला बाणिज्य बैंकहरुको कर्जा गुणस्तर परिक्षण गर्न भारततिय कम्पनी केपीएमजी अस्योरेन्स एन्ड कन्सल्टिङ सर्भिसको प्रस्ताव अस्विकृत भएको छ ।

प्रारम्भिक छनोटमा परेका कम्पनीहरुमध्ये भारतकाे केपीएमजी अस्योरेन्स एन्ड कन्सल्टिङ सर्भिसले मात्र प्रस्ताव पेश गरेको थियो । तर, कम्पनीले बढी रकम माग गरेपछि प्रस्ताव रद्द गरेको हो । सार्वजनिक खरिद ऐनमा लागत अनुमान उपलब्ध बजेटभन्दा बढी रकमको प्रस्ताव परेमा रद्द गर्न सक्ने प्रावधान छ । सोही व्यवस्था अनुसार प्रस्ताव रद्द गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले गत चैतमा नेदरल्यान्ड्सको डेलोइट फाइनान्सियल एडभाइजरी, भारतको केपीएमजी अस्योरेन्स एन्ड कन्सल्टिङ सर्भिस र पाकिस्तानस्थित केपीएमजी तासिर हाडी एन्ड कम्पनीलाई प्रारम्भिक छनोट गरेको थियो । यस्तै भारतकै प्राइसवाटर हाउस कुपर्स र नेपालको सीएससी एन्ड कम्पनी (चार्टर्ड एकाउन्टेन्ट्स)को संयुक्त उपक्रम र भारतस्थित एसआर बाटलिबोई एन्ड एसोसिएट एलएलपी र नेपालको बीके अग्रवाल एन्ड कम्पनी (चार्टर्ड एकाउन्टेन्ट्स) को संयुक्त उपक्रम पनि छनोटमा परेका थिए ।

राष्ट्र बैंकले प्रारम्भिक छनोटमा परेका कम्पनीहरुलाई आर्थिक प्रस्ताव पेश गर्न सुरुमा असार २२ गतेसम्मको समय दिएको थियो । उक्त समयभित्र कुनै पनि कम्पनीको प्रस्ताव नपरेपछि राष्ट्र बैंकले दुई पटक समयसीमा थप गर्दै साउन २१ गतेसम्मको समय दिएको थियो ।अन्तिम समयसम्ममा सबै कम्पनीको प्रस्ताव अयोग्य भएपछि लेखापरिक्षण पनि अनिश्चित बनेको हो ।

आइएमएफले गत वर्ष विस्तारीत कर्जा सुविधा (इसीएफ) किस्ता दिनुअघि १० ठुला वाणिज्य बैंकहरुको सम्पत्तिको गुणस्तरको लेखापरिक्षण गर्नुपर्ने शर्त राखेको थियो ।आइएमएफसँगको सम्झौतामा सन् २०२४ अप्रिल अन्तिमबाट लेखापरिक्षण प्रक्रिया सुरु गरी डिसेम्बरसम्ममा सक्ने र भेटिएका कैफियतको आधारमा २०२५ फेबुअरीबाट सुधारको कार्ययोजना संचालन गर्ने उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ