वि.सं. २०८१ मंसिर १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आधार बर्ष परिवर्तन गरेसँगै घट्यो मुल्यबृद्धि, साउनमा ४ प्रतिशतमात्र

अर्थटुडे
२०८१ आश्विन १०, बिहीबार

काठमाडौं। नेपाल राष्ट्र बैंकले मुल्यबृद्धि मापन गर्ने उपभोक्ता मुल्य सुचांकको आधार बर्ष परिवर्तन गरेसँगै मुल्यबृद्धिमा भारी गिरावट आएको छ । चालु आर्थिक बर्षको पहिलो महिना (साउन) मा मुल्यबृद्धि ४.१ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक बर्षको सोही महिनाको मुल्यबृद्धि ७.५ प्रतिशत रहेको थियो ।

चालु आर्थिक बर्षदेखि मुल्यबृद्धि उपभोक्ता मुल्य सुचांकको आधारबर्ष २०८०/८१ को आधारमा गरिएको हो । गत आर्थिक बर्षको उपभोक्ता मुल्य सुचांकको आधार बर्ष १० बर्ष अघि अर्थात् २०७१/७२ को थियो ।

साउन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ८.९० प्रतिशत र ६.६२ प्रतिशतले वृद्धि भएको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ