काठमाडौं । नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तिय संस्थाप्रति कठोर बन्दै गएको छ । अब गल्तीगर्ने कर्मचारीलाई कारबाही नगरेमा सम्बन्धीत बैंक तथा वित्तिय संस्थाले ५ करोडसम्म जरिवाना तिर्नुपर्ने भएको छ ।
मंगलबार केन्द्रिय बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन जारी गर्दै कुनैपनि कर्मचारीले गल्ती गरेको छ भने सो कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएको छ ।
यदी सम्बन्धीत बैंकले कारबाही नगरेमा केन्द्रिय बैंकले गल्ती गर्ने कर्मचारीलाई संरक्षण गर्ने भन्दै सम्बन्धीत संस्थालाई विषयको गम्भीर्यता तथा संस्थाको अवस्था हेरी कम्तीमा १० लाखदेखि ५ करोडसम्म जरिवाना वा पदवाट हटाउने वा दुवै कारबाही गर्न सक्नेछ ।
यसअघि केन्द्रिय बैंकले गल्ती गर्ने कर्मचारीलाई कारबाही गरेमात्र पुग्ने व्यवस्था गरेको थियो । पछिल्लो समयमा बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुले जानीजानी पनि गल्ती गरेको र ति गल्तीहरुलाई विभिन्न बहानामा संचालक तथा पदाधिकारीले नै ढाकछोप गर्दै आउपछि केन्द्रिय बैंकले यस्तो नीति ल्याउन बाध्य भएको राष्ट्र बैंकको दावी छ ।
यो निर्देशनपछि भने बैक तथा वित्तिय संस्थामा जागिर खान कठिन हुने भएको छ । मानवीय त्रुटि भएमा पनि बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुले व्यक्तिगत रुपमा कारबाही भोग्नुपर्ने भएपछि कर्मचारीहरुमा त्रास फैलिएको एक बैंकका कार्यकारी अधिकृतले बताए ।
प्रतिक्रिया