काठमाडौं । नेपाल राष्ट्र बैंकले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेत समेटेको नेपालको चुच्चे नक्सा सहितको १०० रुपैयाँ दरका ३० करोड थान नयाँ नोट छाप्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै बैंकले नोटको डिजाइनसहित छपाई र ढुवानीसहितको जिम्मेवारीका लागि चीनको चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाई ठेक्का दिने निर्णय भएको जानकारी दिएको छ ।
सूचना अनुसार चिनियाँ कम्पनीले ८९ लाख ९६ हजार ५९२ अमेरिकी डलर बराबरको खर्चमा नोट छपाईदेखि ढुवानीसम्म गनेछ । बोलकबोलमा सहभागी हुने बोलपत्रलाई सबैभन्दा न्यून मूल्यको रूपमा मान्यता दिँदै प्रस्तावलाई स्विकार गरेको हो ।
नेपाल राष्ट्र बैंक ऐन अनुसार नोट छपाइ डिजाइन राष्ट्र बैंकले नै गर्दै आएपनि नोटको डिजाइन र साइज परिवर्तन गर्नुपर्दा सरकारको स्वीकृत लिनुपर्ने प्रावधान छ । सोही अनुसार मन्त्रिपरिषद् गत वैशाखमा चुच्चे नक्सा अंकित गर्ने गरी १०० रुपैयाँ दरको नोटको डिजाइन परिवर्त गर्न स्वीकृति दिएको थियो ।
प्रतिक्रिया