वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कृषि विकास बैंकले १०.५३ प्रतिशत लाभांश दिने

अर्थटुडे
२०८१ पुष ४, बिहीबार

काठमाडौ । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। लाभांशमध्ये ३ प्रतिशत बोनस शेयर र ७.५३ प्रतिशत नगद लाभांश रहेको बैंकले जनाएको छ ।

पुस ४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। यसका साथै सो बैठकले हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने निर्णय पनि गरेको छ।

बैंकले नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ