वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बाढी पहिरोको क्षतिमा बीमा दावी भुक्तानीमा ढिलाई, अझै १० अर्ब बाँकी

अर्थटुडे
२०८१ माघ २८, सोमबार

काठमाडौं । गत असोज १० र ११ गते आएको बाढी पहिरोले पु¥याएको क्षतिमा छिटो भुक्तानी गर्न नेपाल बीमा प्राधिकरणले निर्देशन दिएपनि निर्जीवन बीमा कम्पनीहरुले भने आनाकानी गरेका छन् ।

प्राधिकरणले प्रकाशित गरेको तथ्यांक अनुसार अझै करिब १० अर्ब दावी भुक्तानी गर्न बाँकी रहेको देखिएको छ । बुधबारसम्म कम्पनीहरुमा ३ हजार ७२० वटा आवेदनमार्फत १२ अर्ब ७८ करोड २४ लाख रुपैयाँको दावी परेको थियो । जसमध्ये २ हजार २ सय ४९ ओटा आवेदनमा २ अर्ब ५० करोड २० लाख रुपैयाँ भुक्तानी भएको छ ।

अब १ हजार ५३० वटा माग दाबीको ९ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ भुक्तानी बाँकी रहेको प्राधिकरणले जनाएको छ । कम्पनीहरुले सानो रकमको दावी भुक्तानी गरेपनि ठूलो रकममा भ्यालुएसनलगायतका प्रक्रियाका कारण ढिलाई भएको जनाएका छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ