काठमाडौ । नेपाल राष्ट्र बैंकले असल कर्जाको गर्नुपर्ने नोक्सानी व्यवस्था घटाएको छ। बैंक तथा वित्तिय संस्थाले कर्जा दिने वित्तिकै १.१ प्रतिशत रकम कर्जा नोक्सानी व्यवस्था अन्तर्गत राख्नुपर्ने थियो तर अव सो रकम घटाएर १ प्रतिशतमा झारिएको छ ।
जस्तै कुनैपनि बैंकले एक करोड रुपैयाँ कर्जा दिएको भोलिपल्टदेखि एक लाख १० हजार रुपैयाँ कर्जा नोक्सानी व्यवस्था अन्तर्गत राख्नुपर्ने व्यवस्था थियो अव सो रकम घटाएर एक लाख रुपैयाँ मात्र राख्दा हुने भएको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा मार्फत सो व्यवस्था गरेको हो । यो व्यवस्थाले बैंक तथा वित्तिय संस्थाले कर्जा नोक्सानी व्यवस्था अन्तर्गत राखिएको करिव ४ अर्ब ५१ करोड रुपैयाँ फिर्ता हुनेछ । जुन नाफामा देखाउन सकिन्छ । त्यस्तै सोही व्यवस्थाका कारण बैंक तथा वित्तिय संस्थाको करिव ४० अर्ब रुपैयाँ बराबरको कर्जा लगानी क्षमता बढ्ने देखिएको नेपाल राष्ट्र बैंकको दावी छ ।
कोभिड १९ को समयमा बैंक तथा वित्तिय संस्थाहरुमा जोखिम बढेको भन्दै नेपाल राष्ट्र बैंकले असल कर्जाको नोक्सानी व्यवस्थामा १.३ प्रतिशत छुट्याउने प्रावधान ल्याएको थियो । त्यसपछि विस्तारै घटाएर सो व्यवस्था १.१ मा झारिएकोमा यसपालिको अर्धबार्षिक समिक्षा मार्फत पुनः १ प्रतिशतमा नै राखेको छ ।
प्रतिक्रिया