वि.सं. २०८२ जेष्ठ १०
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

केन्द्रिय बैंकलाई धनी बनाएर विदा भए गभर्नर अधिकारी

अर्थटुडे
२०८१ चैत्र २४, आईतवार

काठमाडौ । पुर्व गभर्नर महाप्रसाद अधिकारीले जादा जादै नेपाल राष्ट्र बैंकलाई धनी बनाएर गएका छन् । विदेशी वित्तीय बजारमा भएको व्याजदर बृद्धि तथा विदेशी विनिमय लगानीको व्यवस्थापन राम्रोसँग भएका कारण केन्द्रिय बैंकले गत आर्थिक बर्षमा ७३ अर्ब ७६ करोड रुपैयाँ खुद आय गरेको छ । यो श्रेय गभर्नर अधिकारीलाई नै जान्छ ।

उनी गभर्नर हुदा आर्थिक बर्ष २०७६/७७ मा केन्द्रिय बैंकको खुद आय २८ अर्ब २१ करोड रुपैयाँ रहेको थियो । सो समयमा अन्तराष्ट्रिय स्तरमा व्याजदर कम थियो । तर उनी ७६ चैतमा गभर्नर भएपछि कोरोना महामारीका कारण अन्तराष्ट्रिय वित्तिय बजारमा ठूलो हलचल आयो । विश्वका ठूला देशहरुले जनतालाई राहत दिने नाममा विभिन्न स्टीमुलस प्याकेजहरु ल्याए । जसका कारण बजारमा अत्यधिक तरलता भयो । अधिक तरलताका कारण बैंक तथा वित्तिय संस्थाहरुले जथाभावी लगानी गर्न थाले परिणामस्वरुप वित्तिय अराजकता फैलने डर विश्वका ठूला केन्द्रिय बैंकहरुलाई भयो ।

१६१ प्रतिशते बढ्यो खुद आम्दानी, सरकारको खातामा जाने रकम पाँच गुणाले बृद्धि

केन्द्रिय बैंकहरुले व्याजदर बढाएर कर्जा प्रबाहलाई नियन्त्रण गर्न खोजे । जसका कारण अमेरिकाको केन्द्रिय बैंक फेडरल रिजर्ब बैंकले पाँच बर्षको अवधिमा व्याजदर ४.५ प्रतिशतसम्म पुर्यायो । त्यसैको सिको गर्दै नेपालले पनि बैकदर बढायो भने विदेशी विनिमयको पनि सही ठाउँमा लगानी बढायो । डलरको निक्षेपमा पाउने व्याजमा भएको बृद्धिका कारण नेपालको केन्द्रिय बैंकको पनि आम्दानी बढ्यो ।

विदेशी विनिमय मात्र भएर नहुने त्यसको सही रुपमा लगानी गरी प्रतिफल प्राप्त गर्नका लागि सही रणनीति चाहिने, र  त्यो रणनीति गभर्नर अधिकारीमा रहेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । ति अधिकारीका अनुसार सही सदुपयाेग गर्न सक्ने अधिकारीकाे क्षमताका कारण गत आर्थिक बर्षमा केन्द्रिय बैैैंकको खुद आय १६१.४६ प्रतिशतले बृद्धि भई ७३ अर्ब ७६ करोड पुगेकाे हाे ।

त्यस्तै केन्द्रिय बैंकले आफ्नो आम्दानी बढाएसँगै नेपाल सरकारको खातामा जम्मा गगर्ने रकम पनि ५२० प्रतिशत अर्थात् पाँच गुणाले बृद्धि भएको छ । अधिकारी नियुक्त भएको आथिृक बर्ष २०७६र/७७ मा बैंकले ६ अर्ब रुपैयाँ बचत नेपाल सरकारको खातामा जम्मा गरेकोमा आर्थिक वर्ष २०८०/८१ (गत आर्थिक बर्ष) मा ३७ अर्ब २२ करोड रुपैयाँ जम्मा गरेको छ । जुन निक्कै राम्रो प्रगति हो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ