वि.सं. २०८२ जेष्ठ ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नवनियुक्त गभर्नरद्धारा विश्वनाथ पौडेलद्धारा शपथग्रहण

अर्थटुडे
२०८२ जेष्ठ ८, बुधबार

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । बुधबार आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले उनलाई शपथ ग्रहण गराएका हुन् ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले डा. पौडेललाई केन्द्रीय बैंकको १८औं गभर्नर नियुक्त गरेको हो ।

गभर्नर नियुक्त भएका पौडेल २०७९ को आमनिर्वाचनमा चितवन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग पराजित भएका हुन् ।

निर्वाचनमा पराजित भए पनि पुनः अध्यापन पेसामा फर्केका पौडेल नेपाली कांग्रेसको कोटाबाट मंगलबार राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त भएका हुन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भइसकेका पौडेल पद छाडेर प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन गएका थिए ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को आर्थिक सल्लाहकार भइसकेका पौडेल काठमार्डौ विश्लविद्यालय स्कुल अफ म्यानेजमेन्टका प्राध्यापक हुन् । पौडेलले अमेरिकाको क्यालिफोर्निया युर्निभर्सिटी बर्कलेबाट कृषि तथा स्रोत अर्थतन्त्रमा विद्यावारिधि गरेका छन् । प्राकृतिक स्रोत, श्रम अर्थशास्त्र तथा आर्थिक इतिहासमा पौडेलको दख्खल छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ