वि.सं. २०८२ जेष्ठ ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पदभार सम्हाल्दै पोडेलले भने‘केन्द्रिय बैंकले सुपरिवेक्षणमा बढी ध्यान दिने छ’

अर्थटुडे
२०८२ जेष्ठ ८, बुधबार

काठमाडौ । नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलले मौद्रिक नीति बनाउने र सुपरिवेक्षणमा ध्यान दिने महत्वपुर्ण दुईवटा काम राष्ट्र बैंकको रहेको बताएका छन् । १८ औ गभर्नरको कार्यभार सम्हाल्दै उनले आफ्नो कार्यकालमा सुपरिवेक्षणमा बढी ध्यान दिने बताए ।

उनले भने, ‘वित्तिय क्षेत्रमा राष्ट्र बैंकको भूमिका महत्वपूर्ण रहेको सवैलाई थाहा नै छ । हामीदुईटा कुरालाई फोकस गर्छौ, एउटा मौद्रिक नीति र अर्को मौद्रिक नीतिको कार्यान्वयनका लागि सुपरीवेक्षण ।’

‘धेरै नियम बनाएर मात्र काम देखिने होइन, नीति नियमहरु कार्यान्वयनका लागि सुपरीवेक्षण क्षमता बढाउँका लागि बैंकको क्षमता बढाउने हो । त्यसमाथि बैंकको मुख्य काम सबैलाई थाहै छ मुद्रा व्यवस्थापन ।’ उनले भने ।

डा.पौडेलले विभिन्न बैंकमा सर्वसाधारणका पैसा बसेको र तिनीहरुको सुरक्षा गर्ने काम नेपाल राष्ट्र बैंकको रहेको पनि स्पष्ट पारे ।
त्यस्तै उनले बैंकमा रहेको सर्वसाधारणको रकम कर्जा लगानीको नीति राम्रो ल्याउने र कार्यान्वयनका लागि सुपरिवेक्षण गर्ने कामको जिम्वेवारी राष्ट्र बैंकको रहेकोले निरन्तर अनुगमन, मुल्यांकन गर्ने कामहरु आफ्नो प्राथमिकतामा रहेको दावी गरे ।
त्यसैगरी उनले मौद्रिक नीति तय गर्दा सवैपक्षसँग राम्रोसँग छलफल गरेर तय गरिने बताए ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ