काठमाडौं । खल्ती डिजिटल वालेटले वल्ड रेमिटबाट पैसा पठाउदा खल्तीको खातामा सिधै पैसा प्राप्त गर्न सकिने सुविधा ल्याएको छ । उक्त सुविधा अन्तर्गत पठाईएको रकम खल्तीबाट प्राप्त गर्ने व्यक्तिले २०० रुपैयाँ बोनस तुरुन्तै पाउनेछन् ।
वल्र्ड रेमिटसँगको यस सहकार्यले चौबिसै घण्टा ७० भन्दा बढी राष्ट्रहरुबाट नेपालमा रहेको व्यक्तिको खल्ती खातामा चाहे जति रकम सजिलै पैसा प्राप्त गर्न सम्भव बनाएको छ । प्राप्त गर्ने व्यक्तिले खल्ती आइडी बनाइ केवाइसी भेरिफाइ भने गराएको हुनुपर्नेछ । खल्तीमा पैसा पठाए पश्चात केहि नगरी पैसा र बोनस स्वतः दुबै खल्तीमा लोड हुनेछ । यसको विवरण खल्ती एप को कारोबार सेक्सनमा गइ सहजै हेर्न सकिने खल्ती डिजिटल वालेटको रेमिट्यान्स विभाग प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।
“हामी डिजिटल प्लेटफर्ममार्फत हाम्रो ग्राहकहरुको आवस्यकता पुर्ति गर्न प्रतिबद्ध छौँ । हामीलाई विश्वास छ वल्र्ड रेमिटसँगको यो सहकार्यले संसारको जुनसुकै ठाउँबाट निर्वाद रुपमा सरल र झन्झटरहित तवरले पैसा पठाउन, पाउन, र व्यवसायलाइ झन्झटरहित तवरले अनलाइन भुक्तानी गर्न थप मद्दत मिल्नेछ । भरपर्दो, सस्तो, र छिटो सेवा भएकोले यो माध्यम धेरैको रोजाइमा पर्ने विश्वास हामीले राखेका छौँ“। पान्डेले भने ।
वल्र्डरेमिटका दक्षिण एशियाको लागि कन्ट्री डाईरेक्टर रुजान अहमदले खल्तीसँगको यस सम्झौताले अब ग्राहकहरुलाई सहजै आफ्नो परिवार तथा आफन्तलाई पैसा पठाउन सजिलो बनाएको बताए ।
उनले हरेक समुदायकाहरुलाइ वित्तीय सेवाको पहुँच दिलाइ आर्थिक समावेशीकरणको अभियानलाई प्रवर्धन गर्ने नेपालकै एक उदयमान डिजिटल वालेट, खल्तीसँग सहकार्य गर्न पाउदा हामी उत्साहित भएको बताउँदै यो सेवा ले विदेशबाट पठाईएको रकम नेपालमा खल्ती मार्फत प्राप्त गर्न धेरै सहज हुनेमा समेत विश्वस्त भएको दावी गरे ।
वल्ड रेमिटबाट खल्ती खातामा पैसा प्राप्त गर्दा २०० रुपैयाँ बोनस पाइने
२०७८ असार १७, बिहीबार

प्रतिक्रिया