वि.सं. २०८१ मंसिर १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आइएमइको कव्जामा सेयर बजार

अर्थटुडे
२०८१ असार १९, बुधबार

काडमाडौ । लगानीकर्ताहरुको मुटु मानिने सेयर बजार आइएमई गु्रपको कव्जामा रहेको पाइएको छ ।
परिपक्व (हल्लाको आधारमा ह्वत्तै बढ्ने र ह्वात्तै घट्न) नभएको नेपालको सेयर बजारमा आइएमई समूहले चाहेको खण्डमा उथलपुथल पारिदिन सक्नेगरी कव्जा गरेको पाइएको छ । आइएमई गु्रपका अध्यक्ष चन्द्र प्रसाद ढकाल र उपाध्यक्ष उनका भाई हेमराज ढकालले वाइको प्रा.लि मार्फत बजार कव्जा गरेका हुन् ।

नेपाल धितोपत्र बोर्डले करिव दुई बर्षअघि गरेको एक अध्ययनले पनि सेयर बजार ढकालको कव्जामा रहेको पाइएको थियो तर सो अध्ययनको पुर्ण प्रतिवेदन भने अहिलेसम्म पनि बाहिर ल्याइएको छैन । अझ भन्ने हो भने सेयर बजार र धितोपत्र कारोबार सम्बन्धी अनुसन्धानमा नै पनि रोक लगाउन पटक पटक ढकाल दाजुभाईले प्रयास गरेको बोर्डका उच्च कर्मचारीहरुले दावी गरेका छन् ।

धितोपत्र बजारको अनलाईन कारोबार प्रणाली (नड्स) को मेन्टिनेन्स गर्ने कम्पनी वाइको प्रा.लि मार्फत ढकालले सेयर बजारमा आफ्नो कव्जा जमाएका हुन् । वाइको सोलुसनमा ई— सेयर सोलुसनको ८३.३३ र वाइको प्रा.लिको १६.६७ प्रतिशत सेयर छ ।
वाइको प्रा.लिमा प्रमूख कार्यकारी अधिकृत रहेका दिपेश प्रधानको २० र सौरभ शर्माको ८० प्रतिशत सेयर लगानी रहेको छ ।

त्यस्तै ई—सेयर सोलुसनमा स्वीफ्ट टेक्नोलोजीको ५३ प्रतिशत, देव प्रकाश गुप्ता (जो सिडिएस एन्ड क्लियरिङ हाउसका प्रमूख कार्यकारी अधिकृत थिए ) सँग १३.२५ प्रतिशत र कामधेनु इन्भेष्टमेन्ट प्रा.लि.(शशिकान्त अग्रवाल लगायतका लगानीकर्ताको ) को ७.६२ प्रतिशत सेयर छ भने चन्द्रप्रसाद ढकालका भाई हेमराज ढकालको १२.९१ प्रतिशत र दिपेश प्रधानको १३.२५ प्रतिशत लगानी रहेको छ । त्यस्तै स्वीफ्ट टेक्नोलोजीमा प्रा.लिमा ढकाल दाजुभाईको ९८ प्रतिशत सेयर रहेको छ ।

ढकालले सिधै वाइको प्रा.लिमा लगानी नगरेपनि वाइको प्रालिलाई वाइको सोलुसनको पार्टर बनाउनुका साथै सो कम्पनीका सिइओ दिपेश प्रधानलाई हातमा लिएर सेयर बजारमा अप्रत्यक्ष रुपमा कव्जा गरेका छन् । त्यस्तै नेप्सेको व्याकअप अफिस, मेन्टेनेन्स तथा सिडिएसमा पनि आफ्नो संयन्त्र प्रयोग गरी ढकालले बजार कव्जाको रणनीतिलाई सार्थक तुल्याएका हुन् ।

वाइको प्रालिले नेप्सेको नट्सको मेन्टेनेन्सको कामको साथ साथै सेटलमेन्टका लागि गएको लगानीकर्ताको सम्पुर्ण कारोबारको जानकारी समेत राखेको छ । वाइको कम्पनीले नेप्सेले कारोबार भएको फाइल सेटलमेन्टको लागि सिडिसिएसमा दिन्छ । त्यो सेटलमेन्टको जानकारी सिडिएसले वाइकोमा पनि पठाउछ । सिडिएसका पुर्व सिइओ देवप्रकाश गुप्ता ढकालको लगानी रहेको ई—सेयर सोलुसनका लगानीकर्ता पनि हुन् । उनी नै सिडिएसको सिइओ हुदा वाइको प्रा.लिलाई कारोबार सेटलमेन्टको

जानकारी पठाउन सहमत भएका थिए । हाल गुप्ता ई—सेयर सोलुसन प्रा.लिका प्रमूख कार्यकारी अधिकृत छन् ।
‘वाइको प्रा.लिलाई सेटलमेन्टको लागि सिडिएसमा जाने सम्पुर्ण फाइलको जानकारी चाहिदैन तर सो कम्पनीले नेप्सेको मेन्टेनेन्सको लागि हामीलाई थाहाहुनुपर्छ भनेर लगेको हो । जुन आवश्यक नै थिएन ।’नेपाल धितोपत्र बोर्डका एक उच्च अधिकारीले अर्थटुडेसँग भने ।

त्यस्तै टिएमएस (ट्रेड म्यानेजसमेन्ट सिष्टम) नेप्सेले बनाएको सिष्टम हो । जहाँ वाइकोले मेन्टेनेन्स गर्छ । यो ब्रोकरहरुको व्याक अफिस हो । जहाँबाट कुन ब्रोकरले के के गरे सम्पुर्ण जानकारी वाइकोले पाउछ । ‘वाइको भनेको अप्रत्यक्ष रुपले आइएमई नै हो र आइएमई भनेको चन्द्र ढकाल हुन्। ’ बोर्डका ति उच्च अधिकारीले भने, ‘यसरी सेयर बजारलाई ढकाल दाजु भाईले आफ्नो कव्जामा पारेका छन् ।’

नेपाल धितोपत्र बोर्डको अध्ययनले ढकालको कव्जामा सेयर बजार देखिएपछि टिएमएस नेप्सेको मात्र हैन बाहिरबाट पनि ब्रोकरहरुले किन्न सक्ने व्यवस्था गरिएको छ तर सो कार्यान्वयनको चरणमा रहेको छ । ‘धितोपत्र कारोबार संचालन विनियावली २०७५’मा अन्य कम्पनीले पनि टिएमएस सिष्टम बनाउन सक्ने व्यवस्था गरेको छ ।

धितोपत्र बोडएका ति अधिकारीका अनुसार बजारमा कुनै पनि कम्पनीको सुचना एकले अर्कोको लिन नसक्ने गरी भिन्ना भिन्नै कम्पनीलाई दिनेगरी सिष्टम बनाउनका लागि अर्थमन्त्रालयका अर्थसचिव मधुकर मरासीनी समेतलाई आग्रह गरिएको थियो तर सोही अनुसारको विनियावली भएन आउन सकेन ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ