वि.सं. २०८१ मंसिर १७
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाटै, सक्षम व्यक्ति नेतृत्वमा पुग्ने दावी

अर्थटुडे
२०८१ असार २५, मंगलवार

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचन विधिबाट हुने भएको छ । सोमबार बसेको महासंघको कार्यसमितिको बैठकले सो विधान शंशोधनलाई सर्वसम्मतिले पारित गरेपछि विधानलाई महासंघको कार्य समितिले सोमबार सर्वसम्मत संशोधन गरेपछि अब महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट छानिने भएको हो ।

पहिले पनि यस्तो प्रयास भएको थियो तर सहमति हुन नसकेकाले वरिष्ठ उपाध्यक्षबाट नै पछि अध्यक्ष हुनेगरी निर्वाचन गर्ने गरिएको थियो ।

महासंघका अध्यक्ष ढकालले निर्वाचनकै समयमा विधान संशोधन गर्दै अध्यक्ष प्रत्यक्ष निर्वाचित गर्ने वाचा गरेका थिए। यो प्रावधानले सक्षम व्यक्तिलाई प्रत्यक्ष रुपमा अध्यक्ष लड्न सहयोग पुग्नेछ ।

यो प्रावधान हालका वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष भएपछिको अर्को एक कार्यकालपछि लागू हुने बताइएको छ । जसअनुरुप हालका वरिष्ठ उपाध्यक्ष अंजन श्रेष्ठ स्वत अध्यक्ष हुनेछन् । त्यसपछिको कार्यकालको लागि अध्यक्षमा प्रत्यक्ष निर्वाचन हुनेछ ।

संशोधित नयाँ विधानमा वरिष्ठ उपाध्यक्ष दुई जनाको व्यवस्था गरिएको छ भने हाल एक महिला उपाध्यक्ष रहेकामा थप एकजना महिला उपाध्यक्षको पनि व्यवस्था गरिएको छ ।

महासंघको कार्यसमितिबाट संशोधित उक्त विधानलाई आगामी मङ्सिर मसान्तभित्र महासंघको विशेष साधारणसभाले पारित गर्ने पनि महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ