वि.सं. २०८१ भाद्र २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाललाई पितृशोक

अर्थटुडे
२०८१ श्रावण २२, मंगलवार

काठमाडौ ।नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाललाई पितृशोक परेको छ । अग्रवालका पूजनीय पिता श्रवणकुमार अग्रवालको ७७ वर्षको उमेरमा साउन २१ गते सोमबार उनके वास सानेपामा स्वर्गारोहण भएको ह छ ।

औद्योगिक घराना आरएमसी ग्रुपका संस्थापक अध्यक्ष अग्रवाल ५८ वर्षदेखि विभिन्न उद्योग व्यवसायमा निरन्तर क्रियाशिल रहेका थिए । सन् १९९३ मा राजेश मेटल क्राफ्ट उद्योग स्थापना गरी उद्योगमा सक्रिय रहेका अग्रवालको अगुवाइमै आरएमसी सिमेन्ट, पाल्पा सिमेन्ट, आरएमसी फुड्स उद्योग संचालनमा छन् ।

मारवाडी सेवा समितिका पूर्वअध्यक्ष समेत रहेका स्वर्गीय अग्रवाल दुई पटक संविधान सभाको सदस्य समेत भइसकेका थिए । स्वर्गीय अग्रवालका श्रीमती दुलारी, एक छोरी बबिता, दुई छोराहरु राजेश र विष्णु अग्रवाल छन् ।
स्वर्गीय अग्रवालको पार्थिव शरीरलाई मंगलबार बिहान ११:३० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ