काठमाडौं । नाडा अटो शो–२०२४ आइतबार सकिएको छ । ६ दिनसम्म चलेको सो मेलामा ८२ हजारभन्दा बढीले अवलोकन गरेको आयोजक नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले जानकारी दिएको छ । शनिबार एकैदिन अटो शो अवलोकन गर्न साढे १८ हजार मानिसहरु पुगेको आयोजकको दावी छ ।
पहिलो दिन करिब ८ हजार दोस्रो दिन करिव १६ हजार, तेस्रो दिन १७ हजारले अवलोकन गरेका थिए । यो पटकको नाडा अटो शोमा ७५ हजार अवलोकनका लागि आउने अनुमान आयोजकले गरेका थिए । शनिबारसम्म साना ठूला गरी ४ हजार २०० गाडीहरु बुकिङ भएको छ । सो गाडीहरु करिव १५ अर्ब रुपैयाँ बराबरको रहेको आयोजकले जानकारी दिएको छ ।
यसपालीको आटो शोमा भने चिनियाँ गाडीले बजार लिएको थियो । ३० लाखदेखि झण्डै २ करोड रुपैयाँसम्मका इभी गाडीहरु शोका आकर्षक थिए । इभी गाडीहरुमा बैंकले ८० प्रतिशतसम्म ऋण लगानी गर्छन् । शो मा ७ वटा बैंकले सहुलियत दरमा ऋण लगानी गर्ने स्कीम सहित स्टल राखेका थिए । जसले ग्राककलाई कर्जा लिएर गाडी किन्न उत्प्रेरित गरेको थियो ।
नाडा अटो शो हेर्न नेपालका लागि चिनियाँ राजदुत चेन सोङसमेत नाडामा पुगेका थिए। त्यस्तै नेपालका चर्चित कलाकार, उद्योगीहरु समेत पुगेका थिए ।
प्रतिक्रिया