काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रमुख कार्यकारी अधिकृतको लागि १० जनाको आवेदन परेको छ । आवेदनको म्याद फागुन २५ गतेसम्म थियो ।
आवेदन दिनेमा नेप्सेबाट हालै बिदा भएका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, सिडीएस एण्ड क्लियरीङका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्य छन् । त्यस्तै नुवाकोटका बद्रि प्रसाद प्याकुरेल, सलार्हीका नारद कुमार लुइटेल, झापाका युवराज दाहाल जो यसअघि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष समेत हुन् ।
यस्तै काभ्रेपलाञ्चोकका प्रविण अधिकारी, झापाका चुडामणि चापागाई, सिराहाका बिमल कुमार तिवारी, पाल्पाका हेमन्त बस्याल र डडेलधुराका मुकुन्दराज जोशीले पनि आवेदन दिएका हुन् ।
कार्कीले ४ वर्षे नियुक्तिपत्र पाउनुपर्नेमा ३ वर्षको मात्रै नियुक्तिपत्र बुझेपछि कार्की गत माघबाट नै नेप्सेबाट बिदा भएका थिए । कार्की बिदा भएपछि रिक्त रहेको नेप्सेको सीईओ नियुक्तिका लागि अर्थमन्त्रालयले सहसचिवको नेतृत्वमा छनोट समिति बनाएको थियो । सोही समितिले आवेदन माग गरेकोमा १० जनाको आवेदन परेको हो ।
प्रतिक्रिया